मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फण्ड (एसइसिएफ) अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ।
यो सम्झौता बमोजिम बैंकले वैकल्पिक ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने बैंकले बताएको छ।
बैंकको यो कदमले नवीकरणीय ऊर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरुमा सहज रुपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको छ।
विगतदेखि नै बैंकले वातावरण प्रदुषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा कर्जा लगानी गर्दै आएको छ। यो सहकार्यले वातावरण संरक्षण र हरित ऊर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको छ।
उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा वैकल्पिक ऊर्जा प्रवर्द्र्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले एक समारोहबीच हस्ताक्षर गरे।