मंगलबार नेप्सेमा करेक्सन आएको छ।
दुई दिनमा ५४.५३ अंकले नेप्से बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो।
मंगलबार नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब १२ करोड ३२ लाख ९६ हजार २२९ रुपैयाँ पुगेको छ।
यस दिन २७६ वटा धितोपत्रको ३८ लाख ९१ हजार ७८ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार सामलिङ पावरको सेयरमूल्य सर्वाधिक ७.५८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य ३५५ रुपैयाँ पुगेको छ।
यस्तै, शुवम् पावरको सेयर मूल्य ५.८६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७८४ रुपैयाँ कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा थ्री स्टार हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३४० रुपैयाँ २० पैसामा सीमित भएको छ।
यस्तै, सुपर मादी हाइड्रोपावरको सेयरमूल्य ७.२२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३१२ रुपैयाँ ३० पैसा कायम भएको छ।
मंगलबार नेपाल एसबिआई बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३३७ रुपैयाँ ९० पैसामा ७ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५९ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०० रुपैयाँमा ६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये निर्जीवन म्युचुअल फण्ड समूहको परिसूचक ०.०४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले घटेको हो।
यस्तै, वित्त समूहको परिसूचक १.९२ प्रतिशतले घटेको छ।