बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिलायबल नेपाल लाइफको आइपिओ सूचीकृत भएको छ।
कम्पनीको कुल ४ करोड कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणलाई निष्कासनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ८० लाख कित्ता सहित उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत गराएको हो।
कम्पनीले पहिलो कारोबारको लागि १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसाको मूल्य रेञ्ज पाएको छ।
यही मूल्य रेञ्जलाई आधार मानेर आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।
नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि उनीहरूको नेटवर्थको तीन गुणासम्म मुल्य रेञ्ज दिने गर्छ। कम्पनीको कारोबारको लागि संकेत 'आरएनएलआई' रहेको छ।