सानिमा बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको आज (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद लाभांश गरी कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड एक लाख १५ हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष भने कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत बोनस वितरण गरेको थियो।
गत वर्षको तुलनामा कम्पनीको लाभांश दर बढेको छ।