माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ।
नेपालीहरूको महान चाड बडा दसैंलाई केन्द्रीत गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको बैंकले बताएको छ।
उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य एवम् माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरी आज (शुक्रबार) देखि सुरुवात गरेका हुन्।
उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीहरूले क्युआरमार्फत् भुक्तानी गरी सटही सुविधा लिन सक्नेछन्।
जसले गर्दा सेवाग्राहीहरूको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ।
यस बाहेक फरक–फरक माध्यमहरूमार्फत् डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरूका लागि नवीन उत्पादन र सेवाहरू ल्याउन बैंक सधैं तत्पर रहेको छ।
बैंकले नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ।