मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत भएको छ।
कम्पनीको कुल ३ करोड २० लाख कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीसहित सर्वसाधारणका लागि बिक्री गरेको ९६ लाख कित्ता र संस्थापक सेयरधनीहरूले लगानी गरेको २ करोड २४ लाख कित्ता सेयर गरी उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत गराएको हो।
कम्पनीले पहिलो कारोबारको लागि १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसाको मूल्य रेञ्ज पाएको छ।
यही मूल्य रेञ्जलाई आधार मानेर बिहीबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।
नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि उनीहरूको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ। कम्पनीको कारोबारको लागि संकेत 'एसएनएलआई' रहेको छ।