सोमबार नेप्से परिसूचक ५.८९ अंकले घटेको छ।
यसदिन नेप्से ०.२९ प्रतिशतले घटेर २००४.४५ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७१ रुपैयाँ पुगेको छ।
यस दिन २८४ वटा धितोपत्रको ६५ लाख १६ हजार ६ कित्ता सेयर किनबेच भएको हो।
सोमबार तीन वटा जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
माई खोला हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २८९ रुपैयाँ ३० पैसा, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेर प्रतिकित्ता मूल्य क्रमशः ३९२ रुपैयाँ र ३४८ रुपैयाँ पुगेको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा शुभम् पावर र थ्री स्टार हाइड्रोपावर रहेका छन्।
उक्त कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतका दरले घटेर प्रतिकित्ता मूल्य ८५० रुपैयाँ ५० पैसा र ४४३ रुपैयाँ ७० पैसामा सीमित भएको छ।
सोमबार सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४५९ रुपैयाँमा ७ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.६८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रियालवल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४६० रुपैयाँमा ६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत र म्युचुअल फण्ड समूहको परिसूचक ०.९२ र ०.३८ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन लगानी समूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशतले घटेको हो।