महालक्ष्मी विकास बैंकले सेयर धनीका लागि कुल १०.३७ प्रतिशत लाभांश घोषणा गरेको छ।
सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित ५.३७ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
यस अनुसार करिब ४४ करोड ५५ लाख रूपैयाँ बराबरको लाभांश वितरण हुने बैंकले जनाएको छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताहरूमा वितरण हुनेछ।