हिमालयन लघुवित्तले लाभांश घोषणा गरेको छ।
लघुवित्तको मङ्सिर ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो।
जस अनुसार लघुवित्तले हाल कायम चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश घोषणा गरेको हो।
हाल लघुवित्तको चुक्तापुँजी ३१ करोड ९८ लाख छ।
राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ।