मंगलबार सेयर बजार परिसूचक नेप्से घटेको छ।
नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा आइपुगेको हो। यस दिन चार अर्ब ४८ करोड रूपैयाँको कारोबार भएको हो।
अघिल्लो दिन अर्थात् सोमबार चार अर्ब ७१ करोड रूपैयाँको कारोबार भएको थियो।
बजार घट्दा पनि ६ कम्पनीमा सर्किट ब्रेक लागेको छ। सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुंगल हाइड्रो र श्री नगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ।
आइतबार कारोबारमा आएका समूहगत परिसूचकमध्ये वित्त, विकास बैंक, हाइड्रो, उत्पादनमूलक र लघुवित्त समूहमा सुधार देखिएको छ। यसदिन सबैभन्दा बढी ब्यापार समूह ०.७५ प्रतिशतले बढेको छ।
त्यस्तै, जीवन बीमा समूह सबैभन्दा धेरै ०.५७ प्रतिशतले घटेको छ।
कारोबारमा आएक ३२४ कम्पनी मध्ये एक सय ५९ वटाको मूल्य बढेको छ भने एक सय ३९ वटाको सेयर मूल्य घटेको छ। बाँकीको भने स्थिर छ।
यस दिन युनाइटेड हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ३१ करोड ८१ लाख रूपैयाँ बराबरको कारोबार भएको हो। त्यस्तै आज सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुंगल हाइड्रो र श्री नगर एग्रिटेकका लगानीकर्ताले सार्वधिक कमाएका छन्।
त्यस्तै ग्रीन भेन्चर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ९.८५ प्रतिशतले गुमाएका छन्।