नबिल बैंकको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ।
बैंकले १२.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
बैंकको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ।
यस अघि बैंकले १० प्रतिशत नगद लाभांश दिएको थियो। हाल बैंकको सेयर ५०५ रूपैयाँमा कारोबार भइरहेको छ।