साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से घटेको छ।
नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४ विन्दुमा आइपुगेको हो।
बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
यस दिन ४ अर्ब रूपैयाँको कारोबार भएको छ। गत साताको बिहीबार ३ अर्ब ४९ करोड रूपैयाँको कारोबार भएको थियो।
बैंकिङ र म्युचुअल फन्डबाहेक सबै समूहहरू घटेका छन्।
आइतबार कारोबारमा आएका तीन सय ३० उपकरणमध्ये ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ। त्यस्तै दुई सय २५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी स्थिर छन्।
सिटी होटलको सेयर मूल्य सबैभन्दा धेरै ६.२६ प्रतिशतले घटेको छ। कम्पनीको सेयर प्रतिकित्ता चार सय ९४ रूपैयाँमा कारोबार भइरहेको छ।
स्वस्तिक लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर प्रतिकित्ता दुई हजार ११५ रूपैयाँमा कारोबार भइरहेको छ।