युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यसअघि कम्पनीले ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत कर प्रयोजनका लागि दिएको थियो।
सोमबार (समाचार लेख्दासम्म) कम्पनीको सेयर प्रतिकित्ता पाँच सय ५७ रूपैयाँमा कारोबार भइरहेको छ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।