सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २०.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यसमा ५ प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।
प्रस्तनवित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।