एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र ५.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।