स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
जसमध्ये ९.५ प्रतिशत बोनस सेयर रहेको छ भने कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।
गत वर्ष भने कम्पनीले ५.२६ प्रतिशत लाभांश दिएको थियो।