सानिमा जिआइसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपछि सेयरधनीरूले पाउनेछन्।