सेयर बजारमा कुन समयमा सेयर किन्ने र कुन समयमा बेच्ने भन्ने कुनै निश्चित नियम हुँदैन।
सामान्यतया कारोबारको सजिलो नियम भनेको न्यून विन्दुमा आएको बेला किन्ने र उच्चले मूल्य बढेको बेलामा बेच्ने भन्ने नै हो।
सेयरको कुन विन्दु न्यून हो, कुन विन्दु उच्च हो भनेर पत्ता लगाउन त्यति सजिलो भने छैन।
तर वर्षकै न्यून विन्दु, रेखाचित्रहरू वा अन्य प्राविधिक विश्लेषणले देखाउने टेवा विन्दुहरूमा सेयर किन्ने र वर्षकै उच्च विन्दु, रेखाचित्रहरू वा अन्य विश्लेषणले देखाउने प्रतिरोध विन्दुमा बेच्ने गरे केही न केही मुनाफा कमाउन सकिने अवस्था हुन्छ। लगानीकर्ताले आफ्नो डर र लोभ दुवैमा नियन्त्रण भने राख्न सक्नुपर्छ।
बजार उच्चले घटिरहँदा डराएर बेच्ने र उच्चले बढिरहँदा थप बढ्छ भन्ने आशामा किनिरहने गर्दा नोक्सान हुन सक्छ।
आज भने हामी यहाँ चर्चा गर्नेछौं लगानीकर्ताले कुन रणनीति अपनाउँदा बजारले बढी कमाएको अवस्था देखियो भन्नेबारे।
यसका लागि हामीले वर्ष २०८२ को पहिलो दिनको कारोबार र यही वर्षको अन्तिम दिनको कारोबारलाई लिएका छौं।
ऋणपत्र, संस्थापक सेयर, सामूहिक लगानी कोषबाहेकको यो तथ्यांकमा २०८२ को पहिलो र अन्तिम दुवै दिन कारोबारमा आएका २६७ कम्पनीको सेयर मात्रै लिएका छौं।
यसरी हेर्दा २०८२ को पहिलो दिनको कारोबारमा सेयर किनेकालाई २०८३ सालको पहिलो कारोबार हुन बाँकी रहेकाले अहिलेसम्म मूल्य परिवर्तनबाट ३० प्रतिशतभन्दा बढी नाफा भएका कम्पनी मात्रै १४ वटा छन्।
यी १४ कम्पनीमा पनि लगानीकर्तालाई सबभन्दा धेरै नाफा क्रेस्ट माइक्रोलाइफमा भएको छ।
वर्षको पहिलो कारोबार दिनमा यसको सेयर मूल्य प्रत्तिकित्ता ४०२ रूपैयाँ मात्रै थियो। सो समय क्रेस्ट भर्खरै सूचीकरणमा आएको नयाँ कम्पनी थियो। वर्षको अन्तिम समयमा यसको मूल्य १२८९ रूपैयाँ छ।
यो अवधिमा क्रेस्टका लगानीकर्तालाई २२० प्रतिशतसम्म नाफा भएको छ।
कुनै लगानीकर्ताले यसको सेयर मूल्य उच्च भएका बेला बेचेको भए अझै बढी नाफा हुन सक्छ। किनभने, क्रेस्टको एक वर्षमा सेयर मूल्य २४५८ रूपैयाँसम्म पुगेको छ। वर्षको सुरूमा यसको सेयर किनेकालाई ५१० प्रतिशतसम्म नाफा भएको छ।
यो उदाहरणमा सेयर राखिरहेकालाई भन्दा उच्च मूल्यमा बेच्न सकेकालाई धेरै लाभ भएको देखिन्छ।
२०८२ भन्दा केही समयअघि सूचीकृत कम्पनीमा मात्रै यस्तो प्रवृत्ति देखिएको भने होइन। धेरै पुरानो कम्पनी बुटवल पावरको पनि यसमा उदाहरण लिन सकिन्छ।
२०८२ को पहिलो कारोबार दिनमा बुटवलको सेयर मूल्य प्रतिकित्ता ४०३ रूपैयाँ थियो। वर्षको अन्त्यमा ७१४ रूपैयाँ छ। बीचमा यसको मूल्य १०६५ रूपैयाँसम्म पुगेको थियो।
उच्चमा मूल्य पुगेका बेला बेचेकालाई १६४ प्रतिशत फाइदा भएको देखिन्छ। त्यस्तै वर्षको अन्त्यमा बेच्नेलाई ७७ प्रतिशत नाफा भएको छ।
यो विश्लेषणमा कम्पनीले दिएका लाभांश समावेश गरिएको छैन। त्यस्तै, एक पटक उच्च मूल्यमा पुगेको सेयरले सो तह कहिल्यै पार गर्दैन भन्ने पनि हुँदैन।
त्यसैले लगानीकर्ताले कुन समयमा मुनाफा सुरक्षित गर्ने, कति नाफामा चित्त बुझाउने लगायत सीमा आफै तोक्नुपर्छ।
वर्षको सुरू र अन्त्य मूल्यको आधारमा धेरै फाइदा भएका मुख्य कम्पनी। यहाँ मूल्य प्रतिकित्ता रूपैयाँमा प्रस्तुत गरिएको छ।
|
कम्पनी
|
२०८२ को अन्तिम कारोबार दिनको मूल्य
|
२०८२ को पहिलो कारोबार दिनको मूल्य
|
पहिलो र अन्तिम मूल्यको फरक%
|
उच्च मूल्य
|
|
क्रेस्ट माइक्रोलाइफ
|
१२८९
|
४०२
|
२२० %
|
२४५८
|
|
नेपाल माइक्रोलाइफ
|
११९४
|
४८६
|
१४५ %
|
२७०३
|
|
आँखु खोला जलविद्युत
|
४०१
|
२०३
|
९७ %
|
४३१
|
|
बुटवल पावर
|
७१४
|
४०३
|
७७ %
|
१०६५
|
|
रिडी हाइड्रो
|
३७९
|
२२१
|
७१ %
|
३९३
|
|
राधी हाइड्रो
|
८१२
|
४८२
|
६८ %
|
९४०
|
|
ङादी ग्रुप पावर
|
४६८
|
२९३
|
५९ %
|
५०२
|
|
युनियन हाइड्रो
|
५२१
|
३२७
|
५८ %
|
५७१
|
|
नेशनल हाइड्रो
|
३३१
|
२१०
|
५७ %
|
३३४
|
|
मन्जुश्री फाइनान्स
|
८३९
|
६०१
|
३९ %
|
९३८
|
|
युनाइटेड मोदी हाइड्रो
|
६३९
|
४६३
|
३८ %
|
७०६
|
|
सिद्धार्थ बैंक
|
३९२
|
२८४
|
३७ %
|
४२४
|
|
आशा लघुवित्त
|
११४७
|
८३९
|
३६ %
|
१३३४
|
|
सिंगटी हाइड्रो
|
३२९
|
२५०
|
३१ %
|
३६१
|