नेपाल धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्स ल्याबलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न अनुमति दिएको छ।
कम्पनीले चुक्ता पुँजीको २१.२५ प्रतिशत बराबर सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो।
यसबाट १७ करोड रूपैयाँ जुटाउनेछ। कम्पनीले १७ लाख कित्ता सेयर निष्कासन गर्ने उल्लेख छ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल छ।
कम्पनीले भेटेरिनरी औषधि, पशु पोषण, फिड एडिटिभ्स र पशु स्वास्थ्यसम्बन्धी सामग्री उत्पादन तथा बिक्री गर्दै आएको छ।
कम्पनीको कारखाना काभ्रेको पाँचखाल–७ शिखरपुरमा छ।
कर्पोरेट कार्यालय ललितपुरको बालकुमारीमा छ।
उत्पादनको गुणस्तर सुधार र नयाँ प्रविधि भित्र्याउन कम्पनीले दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी केबिएनपी कोरियासँग प्राविधिक सम्झौता गरेको छ।