गुराँस लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
लघुवित्तको आज (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।