बुधबार पनि नेप्से परिसूचक बढेको छ।
नेप्से ८.६६ अंकले बढेर २६४७.४१ विन्दुमा बन्द भएको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
मंगलबार ५ अर्ब ५५ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ६ अर्ब १४ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३५६ वटा धितोपत्रको एक करोड ६५ लाख २३ हजार ९७४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १७० कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ वटाको घटेको छ। यस्तै, ८ कम्पनी स्थिर छन्।
मुक्तिनाथ कृषि कम्पनीको मूल्य सर्वाधिक १०.९८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६७७ रूपैयाँ पुगेको छ।
यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको मूल्य ८.६२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २९१ रूपैयाँ १० पैसा कायम भएको छ।
यसदिन उन्नति सहकार्य लघुवित्तको मूल्य सर्वाधिक ३.३० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८८० रूपैयाँ पुगेको छ।
यसैगरी, लक्ष्मी भ्यालु फण्ड २ को मूल्य २.९८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ११ पैसामा सीमित भएको छ।
बुधबार हिमालयन ऊर्जा विकास कम्पनीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २९१ रूपैयाँ १० पैसामा ३४ करोड ७४ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा कुमारी बैंक रहेको छ।
उक्त कम्पनीको २३८ रूपैयाँमा २२ करोड १९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १० समूहको परिसूचक बढेको छ भने बाँकी ३ समूहको घटेको छ।