फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा दुई दिनमा ३७ लाख रूपैयाँ बराबरको फूलको कारोबार भएको छ।
शुक्रवारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा शुरु भएको १३ औ पुष्प मेलामा पहिलो दिन ६ हजार पाँच सय जनाले अवलोकन गरे। त्यो दिन १२ लाखको कारोवार भएको फ्यानका महासचिव विश्वमणी पोखरेलल जानकारी दिए।
आयोजकका अनुसार शनिवार १५ हजार जनाले अवलोकन गेर। जसमा २५ लाखको कारोबार भयो।
चारगतेसम्म चल्ने पुष्पमेलामा आयोजकले ५० लाख रुपियाँको कारोवार गर्ने लक्ष्य लिएको छ।।
प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन्।
यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको महासचिव पोखरेलले जानकारी दिएका छन्।
फूल व्यावसाय ४३ जिल्लामा विस्तार भएको छ। १ सय ५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय आयोजकले जानकारी दिएको छ। यस व्यावसायमा ४३ हजार पाँचसय भन्दा बढी जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन्।