सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी मानार्थ डक्टरेट डिग्रीबाट सम्मानित भएका छन्।
उनलाइ मलेसियाको लिम कोकिङ युनिभर्सिटी अफ क्रिएटिभ टेक्नाेलोजीले उद्यमशीलतामा मानार्थ डक्टरेट डिग्रीले सम्मान गरिएकाे हाे।
युनिभर्सिटीको स्नातक समारोहमा मलेसियाका राजकुमार तथा युनिभर्सिटीका अध्यक्षद्धारा उनलाई सम्मान गरिएकाे सिजी होल्डिङ्सले बतायाे।
लिमको किङ युनिभर्सिटी अफ क्रिएटिम टेक्लोलोजीअनुसार सम्मान पाउने थोरै नेपालीमध्य चौधरी पनि परेका हुन्।
चौधरीको रणनीतिक मानसिकता, परोपकारी भावनाबाट प्रभावित भएर उनलाई सो सम्मान दिइएको हो।
लिमको किङ युनिभर्सिटी रचनात्मक केन्द्रका रुपमा लिइन्छ।
याे युनिभर्सिटी अफ्रिका, युरोप, ब्रिटेन र एसियामा छ।
समारोहमा चौधरीले विश्वस्तरको शिक्षा नेपालमा नभएका कारण धेरै युवाहरु विदेशमा जानुपर्ने बाध्यता रहेको बताए।
विदेशिएकाकाे परिवारलाई आर्थिक र मानसिक समस्याले सताउने गरेको भन्दै उनले त्यो पिडा अकल्पनिय रहेको सुनाए।
'यदि समान शिक्षा दिन सकियो भने युवाहरुमा परिवर्तन देखिन्छ, 'चौधरीले भने।
चौधरीले नेपालमा शिक्षा, पर्यटन, रियल स्टेट, वित्तिय सेवा, अटोमोबाइल्स क्षेत्रमा लगानी गरेका छन्।
मलेसियाको युनिभर्सिटीमा १ सय ५० देशका ३० हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
लिमको किङ युनिभर्सिटी एसियामा कला र डिजाइन स्कुलका रुपमा परिचित छ।