सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि इन्स्टा फाइनान्स सेवा अझ सहज र पहुँचयोग्य बनाएको छ। अब यो सेवाको लागि योग्य हुन नेपाली नागरिकता मात्र आवश्यक हुनेछ।
यो 'एक कागजात' प्रक्रिया केबल सामसङ टिभीहरूमा सीमित थियो भने, घरेलु उपकरणका लागि थप कागजातहरू चाहिन्थ्यो। तर अब यो सुविधा सबै घरेलु उपकरणहरूमा पनि विस्तार गरिएको छ।
अब ग्राहकहरूले नागरिकता प्रमाणपत्र र ग्राहक तथा ग्यारेन्टरको दुई–दुईवटा पासपोर्ट साइज फोटो साथ लिएर नयाँ सामसङ टिभी वा घरेलु उपकरण एक घण्टाभित्रै घर लैजान सक्नेछन्।
यो सुविधा जेठ १९ देखि लागु हुनेछ, जस अन्तर्गत ३० हजार रूपैयाँ वा सोभन्दा माथिको सामसङ टिभी वा घरेलु उपकरण किन्न सकिनेछ।
ग्राहकले कुल मूल्यको ३० प्रतिशत डाउन पेमेन्ट गरेपछि, शून्य प्रतिशत ब्याजदरमा १२ महिनाको इएमआई सुविधा पाउनेछन्।