आन्तरिक राजस्व कार्यालयद्वारा फोनपे पेमेन्ट सर्भिस लिमिटेडलाई सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानपत्र प्रदान गरिएको छ।
आन्तरिक राजस्व कार्यालय, ललितपुर १ अन्तर्गतका करदाताहरूमध्ये आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा फोनपे पेमेन्ट सर्भिस लिमिटेडलाई सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानपत्र प्रदान गरिएको हो।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा प्रदान गरिएको उक्त सम्मानले राष्ट्रिय विकासमा फोनपेको योगदान तथा जिम्मेवार वित्तीय अभ्यासप्रतिको प्रतिबद्धतालाई कदर गरेको छ।
आन्तरिक राजस्व विभाग अन्तर्गतको आन्तरिक राजस्व कार्यालय, ललितपुर १ द्वारा फोनपेलाई उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा प्रमुख कर अधिकृत शिवकुमार राईले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन तथा आर्थिक गतिविधिलाई औपचारिक प्रणालीमा आबद्ध गर्न फोनपेले पुऱ्याएको योगदानको प्रशंसा गर्दै फोनपे परिवारप्रति आभार व्यक्त गरे।
फोनपे सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट काठमाडौंमा आयोजित आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सम्मानित गरिएको थियो।
नेपालको अग्रणी डिजिटल भुक्तानी प्रणाली सञ्चालकका रूपमा फोनपेले देशको डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
लाखौँ प्रयोगकर्ता, वित्तीय संस्था तथा व्यापक मर्चेन्ट सञ्जालमार्फत फोनपेले डिजिटल वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नुका साथै नेपालको आर्थिक विकासमा योगदान पुऱ्याउँदै आएको छ।
यसै विकास यात्राको अर्को महत्त्वपूर्ण चरणका रूपमा रहेको फोनपे निकट भविष्यमा सार्वजनिक निष्कासन (आइपिओ) मार्फत सर्वसाधारणमा जाने तयारीमा रहेको छ।
यसले संस्थागत पारदर्शिता, सुशासन तथा कम्पनीको विकास यात्रामा सर्वसाधारणको सहभागिताका लागि अवसर सिर्जना गर्ने कम्पनीको प्रतिबद्धतालाई थप प्रतिबिम्बित गर्दछ।
यस सम्मानले संस्थागत उत्तरदायित्व, वित्तीय पारदर्शिता तथा नेपालको समग्र आर्थिक विकासमा योगदान पुर्याउने फोनपेको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।