नेपाली सेनाले कूचीकारदेखि प्राविधिक सुवेदारम्मका पदमा २३ सय ११ कर्मचारी माग गरेको छ।
लेखा, सैन्य, सैन्य ड्राइभर, चर्मकर्मी, सूचीकार, लोहकार, केशकर्तक, माली तथा सिकर्मी पदका लागि कर्मचारी माग गरेको हो।
तिमध्ये कूचीकार, चर्मकर्मी, सूचीकार, लोहकार, केशकर्तक, माली तथा सिकर्मी पदकाम लागि साधारण लेखपढ गर्न सक्ने भए पुग्नेछ। यी सबै पदहरुमा महिला, आदिबासी तथा जनजाति, मधेसी, दलित तथा पिछडिएका क्षेत्रका लागि आरक्षण गरिएको छ।
महिला प्राविधिक सुवेदारका लागि पिसिएल नर्सिङ पास, लेखाका लागि प्लस टु उत्तिर्ण, अमल्दार कर्मचारीका लागि एसएलसी वा सोसरह, ड्राइभर तथा सैन्य बाध्य बादनका लागि कक्षा ८ उत्र्तिण भएकाले आवेदन दिन सक्नेछन्।
जेठ ३० गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने असार ६ गतेसम्म आवेदन दिन पाइनेछ।
![](http://setopati.com/wp-content/uploads/2018/05/sena4.jpg)