नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ।
प्राधिकरणले शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ ८ गतेसम्म दरखास्त दिन सक्नेछन्।
विद्युत प्राधिकरणको वेबसाइटमार्फत दरखास्त फाराम भर्न सक्नेछन्।
