बागमती नदी किनारमा आधुनिक पार्क निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
बागमती नदी सभ्यता सुधार योजना अन्तर्गत तीनकुने पुलदेखि युएन पार्कसम्म पार्क निर्माणको काम भइरहेको छ।
बागमती सभ्यता एकीकृत विकास समितिले अहिले नदीको दायाँ किनारमा करिब २.६ किलोमिटर पार्क बनिरहेको छ।
आयोजनाको परामर्शदाता (कन्सल्टेन्ट) का रूपमा सिल्ड सिल्ट प्राइभेट लिमिटेड संलग्न छ।
बायाँ तर्फको किनारमा यसअघि नै पार्क निर्माण सम्पन्न भइसकेका कारण अहिले यो योजना दायाँतर्फ पनि अघि बढाइएको अमर कन्स्ट्रक्सनका ए–साइट इन्जिनियर इन्जिनियर प्रबिन सिजापती बताउँछन्।
'तीनकुने पुलदेखि युएन पार्क पुलसम्म करिब २.६ किलोमिटरको स्ट्रेचमा पार्क निर्माण भइरहेको छ,' उनले भने।
करिब ६ अर्ब ५६ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो आयोजना दीर्घकालीन शहरी पूर्वाधार विकाससँग जोडिएको छ। करिब २ वर्ष ५ महिनाको आयोजना अवधिमध्ये हालसम्म करिब चार महिना काम सम्पन्न भइसकेको छ भने बाँकी करिब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सबै क्षेत्रमा काम देखिन नसके पनि विभिन्न खण्डमा समानान्तर रूपमा निर्माण भइरहेको इन्जिनियर सिधावतीले जानकारी दिए।
'अहिले तिनकुने क्षेत्रसँगै ‘आर्ट अफ लिभिङ’ आसपास तथा अन्य केही खण्डमा काम भइरहेको छ,' उनले भने।
आयोजनाअन्तर्गत पार्क निर्माणसँगै ३–४ वटा सार्वजनिक शौचालय पनि निर्माण गरिनेछ। तीमध्ये एउटा सार्वजनिक शौचालयको काम सम्पन्न भई सञ्चालनमा आइसकेको छ भने बाँकी तीन वटाको फाउन्डेसन र एक्स्काभेसनको काम विभिन्न स्थानमा भइरहेको छ।
युएन पार्क पुल नजिकै रहेको श्री सत्यसाही पार्क क्षेत्र पनि यस आयोजनाको महत्वपूर्ण अंश हो, जहाँ हाल भइरहेको काम सडकबाटै देख्न सकिने अवस्थामा पुगेको छ।
निर्माण पक्षका अनुसार पहिलो चरणको काम प्रायः सम्पन्न भइसकेको छ र अब दोस्रो चरणअन्तर्गत संरचनात्मक तथा सौन्दर्यात्मक कामलाई थप तीव्रता दिइनेछ।
आयोजना सम्पन्न भएपछि बाग्मती करिडोर क्षेत्रमा हरियाली, खुला सार्वजनिक स्थल, पैदलयात्रा मार्ग र विश्रामका लागि आकर्षक पार्क विकास हुने अपेक्षा गरिएको छ।
-1770612163.jpg)
-1770612164.jpg)
-1770612162.jpg)
-1770612162.jpg)
-1770612161.jpg)
-1770612161.jpg)
-1770612161.jpg)
-1770612161.jpg)
-1770612162.jpg)
नदीको बायाँ किनारमा यस अघि निर्माण गरिएको पार्क :
-1770612619.jpg)
-1770612163.jpg)
-1770612162.jpg)
-1770612163.jpg)
-1770612163.jpg)
-1770612619.jpg)
-1770612619.jpg)