कम्पनी दर्ता गरी फलाम उत्खनन गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। उद्योगमन्त्रालयले पठाएको प्रस्ताव विहिबार मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो।
प्रस्ताव अनुरूप १० अर्बको लगानीमा फलाम कम्पनी सञ्चालनमा ल्याइने छ।
मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलको संयोजकत्वमा बनेको समितिले फलाम खानी कम्पनीको मोडेल तयार गरेको हो।
अब धौवादी फलाम कम्पनी लिमिटेड सञ्चालनमा आउने छ। यसमा ४५ प्रतिशत निजि क्षेत्रको शेयर हुने गरी सरकारले कम्पनी गठन गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट बक्तव्यमा एक वर्षभित्र फलाम उत्खनन् सुरु गर्ने उल्लेख गरेका थिए। सोही अनुरूप मन्त्रालयले समिति बनाइ प्रस्ताव तयार गरेको थियो।