नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वको लागि सरोज कुमार पोखरेल र बिष्णु गैरे भिड्दै छन्। असोज ७ मा हुने निर्वाचनको लागि गैरेलाई नेपाली काँङ्ग्रेस निकटको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले र पोखरेललाई नेकपा एमाले निकट संयुक्त व्यवसायिक समुहले अध्यक्षको लागि उम्मेदवारी दिएको हो।
गैरेको प्यानलमा प्रथम उपाध्यक्षका लागि कमल तामाङ्ग, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतिय उपाध्यक्षमा किशोर कुमार, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ्गले उम्मेदवारी दर्ता गरेका छन्।
त्यस्तै, पोखरेलको नेतृत्वको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा संञ्जु गुरुङ र कोषाध्यक्षमा तेजमाया लिम्बुले उम्मेदवारी दिएका छन्।
गैरे प्यानलको सदस्यमा कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबाहादुर तथा लक्ष्मण पौडेलले उम्मेदवारी दिएका हुन्।
त्यस्तै, पोखरेल प्यानलका सदस्यमा होम प्रसाद तिमिल्सिना, दलबीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोम बहादुर तामाङ, नुर मोहम्मद मियाँ, दोर्जे शेर्पा, बाबुराम खड्का, केदारनाथ अधिअकारी, बिरेन्द्र कुमार यादवले उम्मेदवारी दिएका छन्।