उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी निर्वाचित भएका छन्।
सोमबार भएको निर्वाचनमा शीरष पन्तलाई पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन्।
सुवेदीले १ हजार ४८४ र पन्तले १ हजार १८५ मत प्राप्त गरेका थिए।
सुवेदी २०१६ सालमा स्थापना भएको संघको २३ औं अध्यक्ष निर्वाचित भएका हुन्।
संघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित राजेन्द्र ओली निर्वाचित भएका छन्।
उनले लोकबहादुर रानाभाटलाई १ हजार २२ मतान्तरले पराजित गरेका हुन्। ओलीले १ हजार ८५६ मत प्राप्त गर्दा रानाभाटले ८ सय ३४ मत प्राप्त गरेका थिए।
संघको उपाध्यक्षमा नारायण प्रधान, राजन पिया र जनक पौडेल निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यमा शंकर अधिकारी, उपेन्द्र पन्डित, सन्तोष देवकोटा, कृष्णकुमार महतो, इमान्दु बराल, अशोक श्रेष्ठ, विष्णु लम्साल, अस्मिता तिमिल्सिना, गौरव श्रेष्ठ, नरेश खनाल, प्रविन आचार्य, श्रीकृष्ण लम्साल, नवराज सुवेदी, लोकनाथ भट्ट, वुद्धिसागर कँडेल, सुरेशकुमार गुप्ता र सुनिता लिगल कर्माचार्य निर्वाचित भए। अमित कौडेल र अशोक लामिछाने निर्विरोध निर्वाचित भएका थिए।
३ हजार ३ सय ७१ उद्योगी व्यवसायी मतदाता रहेको संघको नयाँ नेतृत्व चयनका लागि २ हजार ७ सय १९ जनाले मतदान गरेका थिए ।
संघको नव निर्वाचित कार्यसमितिको पदावधि २ वर्षको हुनेछ।