उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले नेपाल आयल निगमलाई थप सबल र प्रतिस्पर्धी बन्नको लागि आग्रह गरेका छन्।
निगमको ५६ आैं वार्षिकोत्सव समारोहमा उनले निगमले लगातार एकाधिकारको पनि लाभ लिएको बताए।
‘एकाधिकारको लाभ सधैँ नहुन सक्छ, निगम थप सबल र सक्षम बनाेस्,’ मन्त्री सिन्हाले भने।
संस्थागत सुशासनमा ध्यान दिन मन्त्रीको आग्रह छ। चुस्त र सरल सेवा सुविधामा ध्यान दिन उनले आग्रह गरे।
सीमित पुँजी र कठिन भौगोलिक अवस्थाका बाबजुद निगमले देशभर पेट्रोलियम पदार्थको आपूर्तिलाई सफल भएको उनले बताए।
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना सफलतापूर्वक सम्पन्न भएपछि इन्धन ढुवानी प्रणालीमा ऐतिहासिक रूपान्तरण आएको उनले बताए।
वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेले विभिन्न आरोह अवरोहका बीच निगमले अहिले नाफा गर्ने अवस्थामा पुगेको बताए।
समयमा अडिट, सामाजिक उत्तरदायित्व बहनमा निगमले राम्रो काम गर्दै आएको उनले बताए।
उनले प्रविधि र समयको मागलाई निगमले आत्मसाथ गर्नुपर्ने बताए।