सगरमाथा सिमेन्ट र धनगढी क्रिकेट एकेडेमीबीच प्रायोजन सहयोग सम्झौता भएको छ।
घोराही सिमेन्ट इन्डिष्ट्रीका तर्फबाट मार्केटिङ प्रमुख प्रतिक अधिकारी र एकेडेमीका अध्यक्ष सुवास शाहीबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार तीनवर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यक पर्ने खेल सामाग्री, प्रतियोगिता आयोजना गर्ने, ग्रास रुट कार्यक्रम लगायत काममा सगरमाथा सिमेन्टले सहयोग गर्नेछ।
धनगढी क्रिकेट एकेडेमीले प्रयोग गर्ने जर्सी, प्रतियोगिता आयोजना गर्दा सिमेन्टको लोगो प्रयोग गर्नेछ।
यसपटक एकेडेमीमार्फत ग्रासरुट क्रिकेटको विकासमा योगदान गर्ने निर्णय गरेको घोराही सिमेन्ट इन्डिष्ट्रीका मार्केटिङ प्रुमख प्रतिक अधिकारीले बताए।
‘फेरी एकपटक धनगढी क्रिकेट एकेडेमीसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौं। विगतझै अब पनि हामी क्रिकेटको शहर धनगढी र नेपाली क्रिकेटमा योगदान पुर्याउँनेछौ’, उनले भने।
ग्रासरुट क्रिकेटको विकासमा सगरमाथा सिमेन्टको प्रवेशले नेपाली क्रिकेटको प्रवर्धन ठूलो भूमिका खेल्ने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए।