Ncell
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, माघ ६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

सूर्यमुखी

Nmb
Nmb

हरिभक्त कटुवाल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Laxmi bank

Laxmi bank

Ncell

Ncell

उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ। हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै।

अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिनँ। तर मभित्र भने रही-रही एउटा सूर्यमुखी फक्रिन्छ-ओइलिन्छ-झर्छ, फक्रिन्छ-ओइलिन्छ-झर्छ। कहिलेकाहीँ यस्तो लाग्छ, बाटामा गइरहेकी सूर्यमुखीका दुवै पाखुरा समातेर भनूँ - 'सूर्यमुखी, तँ अझै मेरो हृदयको गमलामा ताजै छेस्। नमार् आफ्नो प्रतिभालाई!'

तर म त्यसो गर्न सक्दिनँ। मेरी सूर्यमुखी अचेल सहरभरिका ठिटाहरूकी रमा मात्र शेष रहन गएकी छ। ऊ जुन सडकबाट हिँड्छे, सडक नै उचालिदिन्छे। होटलमा काम गर्ने ठिटाहरूदेखि लिएर रिक्सावाल, ट्याक्सी ड्राइभर र बाह्रमासेहरूसम्म सुसेली हाल्दै अनेकवली भनेर गिज्याउन लाग्छन् उसलाई। कति पल्ट यस्ता घटना आफ्नै आँखाले देखेको हुँ र ऊप्रति असाध्य घृणा उब्जेको थियो मेरो मनभरि। उसलाई चटक्कै बिर्सिदिने चेष्टा पनि गरेँ तर सकिनँ। रही-रही ऊ फक्रिरही-ओइलिरही-झरिरही।

वास्तवमा ऊ त्यस्ती थिइन, न त्यस्ती होली भन्ने नै चिताएको थिएँ। मलाई राम्रो थाहा छ, उससँग मैले पहिलो नाटक 'राम वनवास' खलेको थिएँ र त्यसमा ऊ सीता भएकी थिई र म चाहिँ राम भएको थिएँ  नाटकमा ऊ नायिका हुन्थी, आवश्यक पर्दा नाच्थी र बेला-बखतमा गाउँथी पनि। यसरी उसले हाम्रो टोलीमा प्रसिद्धि कमाइसकेकी थिई।

म अझै त्यही नाट्यशालामा काम गरिरहेको छु। अब नायकको अभिनय गर्न छोडेर म बूढो मान्छेको अभिनय गर्न लागेको छु। वैँश ढल्किसकेकाले पनि होला, अचेल कसैले मलाई नायक बनाउने प्रसंग पनि उठाउँदैन। कथकङ्कदाचित् त्यस्तो कुरा चलिहाले पनि केटीहरू हच्किन्छन्। सायद उनीहरूका लागि म अब नसुहाउने भइसकेको छु। अचेल नाट्यशालामा धेरै नयाँ-नयाँ कलाकारहरू थपिएका छन् र अघिभन्दा दोब्बर चहलपहल पनि बढेको छ।  तर मलाई कता-कता ती जम्मै अनुहारहरूभन्दा पर सूर्यमुखीको अनुहारको सम्झना भइरहन्छ।

यस्तो लाग्छ, हामी चाहिँ अझै नाट्यशालाभित्र कल्पित नाटक खेल्नैमा व्यस्त छौँ र ऊ चाहिँ त्यो परिधि नाघिसकेर यथार्थ नाटक खेलिरहेकी छ। एक पल्ट उसले भनेकी थिई - 'सुन्नुभो दाइ, हाम्री आमाको बिहे नहुँदै म जन्मेकी रे! मेरो बाबु म नजन्मिँदै गाउँ छोडेर भागेको रे! लोग्नेमान्छे कति निष्ठुर हुन्छन् हो कि? कहिले त जम्मै लोग्नेमान्छेसँग प्रतिशोध लिऊँ जस्तो लाग्छ मलाई।'

सोच्छु - कतै ऊ प्रतिशोध त लिइरहेकी छैन? दिनहुँ कति लोग्नेमान्छे उसको पछि लागिरहेका हुन्छन्। कतिले आफ्नो दिनभरिको कमाइ नै फुकिदिन्छन् उसका लागि। सायद ऊ धेरैलाई बिगारेर आमाको इज्जत लुट्नेहरूसँग प्रतिशोध नै लिन लागिरहिछ।

उसलाई नाट्यशालाबाट निकाल्नमा पनि मेरै प्रमुख हात थियो। रहँदा-बस्दा ऊभित्र गुम्सिरहेको ज्वाला नाट्यशालाभित्रै दन्किन लागेको थियो। बिस्तार-बिस्तार हाम्रो टोलीका धेरै केटाहरू त्यस ज्वालाको लप्कामा परिसकेका थिए र नाट्यशाला नै जल्ने सम्भावना देखिन लागेको कुरा मैले स्पष्ट बुझिसकेको थिएँ। एकदुई पल्ट चेताएको पनि हुँ, तर काम लागेन र अन्त्यमा नचाहँदा-नचाहँदै पनि उसलाई नाट्यशालाबाट बिदा दिनै परेको थियो।

यी जम्मै कुरा हुँदाहुँदै पनि सूर्यमुखी मेरा आँखामा एउटा बेग्लै मूल्य लिएर उभिन्छे। ऊभित्र रहेको कलाकार मलाई सधैँ भनिरहेको हुन्छ - 'दाइ, जस्तै रोल दिनुहोस्, म खेल्न सक्छु।'

साँच्चै, ऊ जस्तै रोल पनि खेल्न सक्दी रहिछ भन्ने कुरा नाट्यशाला छोडेपछि सडकभरि, सहरभरि खेलेर देखाइरहेकी छ।

एकान्तमा बसेको बेला मभित्र जब ऊ फक्रिँदै जान्छे, अनि एउटा चिसो आशङ्काले मलाई अँचेट्छ– सूर्यमुखीको भविष्य के होला?

 

(कवि एवं कथाकार हरिभक्त कटुवालकाे यस कथा उनकाे एकमात्र कथासंग्रह ‘स्पष्टीकरण’बाट साभार गरिएकाे हाे।)

प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  १५:५९
सिफारिस
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थप गर्ने तयारी
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थप गर्ने तयारी
निर्वाचन प्रहरीमा भर्ना गर्न यसरी हुँदैछ शारीरिक परीक्षण (तस्बिरहरू)
निर्वाचन प्रहरीमा भर्ना गर्न यसरी हुँदैछ शारीरिक परीक्षण (तस्बिरहरू)
बढ्यो कामना विकास बैंकको नाफा, सेयर बजारमा के होला?
बढ्यो कामना विकास बैंकको नाफा, सेयर बजारमा के होला?
अमेरिकामा भइन् फर्मुलेसन साइन्टिस्ट, भन्छिन्– तलब र सुविधा राम्रो भएकाले सहज छ
अमेरिकामा भइन् फर्मुलेसन साइन्टिस्ट, भन्छिन्– तलब र सुविधा राम्रो भएकाले सहज छ
स्वीकृत भयो चार खर्बको बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी
स्वीकृत भयो चार खर्बको बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी
झलनाथ र वामदेवले चुनाव नलड्ने
झलनाथ र वामदेवले चुनाव नलड्ने
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

दोषको उत्तराधिकार!
भिरमा झुन्डिएको सत्य!
तिम्रो सम्झनामा!
चिया पिउन भेटौँ न यार!
चिया कपसँगे भविष्यका गफ!
मैले तिमीलाई जोगाउन सकिनँ!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

रमेश अधिकारी
अमेरिका, स्विट्जरल्यान्डलाई नचाहिएको आचार संहिता नेपाललाई किन? रमेश अधिकारी
नारायण वाग्ले
प्रधानमन्त्रीको उम्मेदवार तोकौं भन्दा महामन्त्रीहरूलाई निस्कासन गर्ने पार्टी! नारायण वाग्ले
चेतनाथ आचार्य
के अमेरिका चीनलाई विश्व नेता बनाउँदैछ? चेतनाथ आचार्य
डा. निर्मल कँडेल
नेपालमा हामी बहस गर्दैनौं, अपमान गर्छौं! डा. निर्मल कँडेल
garima bikash bank
garima bikash bank

ब्लग

प्रतिमा विक
'रिलेसनशिप'मा बसेपछि साथी पनि बदलिने रहेछन्! प्रतिमा विक
National life inner
National life inner
पवन पाण्डे
मष्टा सामु उभिँदा: कर्म र आस्थाको संवाद! पवन पाण्डे
विदुर दाहाल
मान्छे नगई सरकारले भत्ता दिँदैन, घिस्रेर जान्छु, घरैमा ल्याएर दे भन्दिनू न सरकारलाई! विदुर दाहाल
सुधन सुवेदी
हिउँ र घामको दोसाँधमा मोहम्मद, बाँसको चम्चा र खुसी! सुधन सुवेदी

साहित्यपाटी

मन्दिरा दाहाल
दोषको उत्तराधिकार! मन्दिरा दाहाल
Hardik
Hardik
हरिभक्त कटुवाल
भिरमा झुन्डिएको सत्य! हरिभक्त कटुवाल
side bar 17- shivam inner
side bar 17- shivam inner
त्रिलोचन सुवेदी
तिम्रो सम्झनामा! त्रिलोचन सुवेदी
दिपेन्द्र बिसी दिपु
चिया पिउन भेटौँ न यार! दिपेन्द्र बिसी दिपु

केटाकेटीका कुरा

यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP