भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित पूर्वन्यायधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद थप हुने भएको छ।
आयोगले काम बाँकी रहेको उल्लेख गर्दै म्याद थप गर्न सरकारलाई पत्राचार गरेको हो।
आयोगले भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धितहरुको बयान गरिसकेको छ। त्यस्तै प्रतिवेदन लेखन पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।
स्रोतका अनुसार आयोगले लगभग काम सकेको भए पनि रिपोर्ट आउँदा निर्वाचनमा प्रभाव पर्न सक्ने देखेर म्याद थप गर्न लागिएको हो।
निर्वाचनमा सहभागी भएका नेपाली कांग्रेस र नेकपा एमाले बिच्कने र जेनजी आन्दोलनको पनि नकारात्मक पक्ष उजागर हुने देखेर सरकारले आयोगको म्याद थप गर्न लागिएको हो।
‘आयोगको प्रतिवेदनले निर्वाचनको माहौल बिग्रन सक्छ’, स्रोतले भन्यो, ‘त्यसैले आयोगको काम सकिएको भए पनि निर्वाचन अघि आयोगको प्रतिवेदन नुबझ्ने नीति सरकारले लिएको छ।’
स्रोतका अनुसार सरकारले आयोगको म्याद एक महिना थप गर्ने तयारी गरिरहेको छ।