मलाई निर्दयी नभन ल बा!
यो देशको ढुकुटी लुटेर
तिम्रो सालीक ठड्याउनुभन्दा
घरको भित्तामै सही
धमिराले खाएको तिम्रो फोटो
झुन्डाउँदा आनन्द मिल्छ मलाई
बिल्कुल आत्मीक आनन्द!
मलाई नार्मद नभन है आमा!
लाखौं नेपालीले बिदेशमा
पसिना बेचेर आर्जेको
रयामीटेन्स
एक एक पैंसा आफ्नो पोल्टामा धुतेर
न्यूरोडमा महल ठ्याउनुभन्दा
पलास्टिक कै सही
प्रत्येक वर्षामा छानो फेरेर
आफ्नै झुपडीमा
हरेक साँझ सुस्ताउँदा
साच्चै शान्तिको
आभास हुन्छ मलाई
साच्चै पुलकित हुन्छ यो मन!
मलाई प्रदेशी नभन्नु है प्यारी
काम न काजको भएर
बेरोजगारी बनी
भात्किएका र बन्द भएका
उध्योग हेरेर
जिन्दावाद मुर्दावाद फलाक्नुभन्दा
सबैको नजरमा गिरेर
फोहोरी स्वार्थी राजनीतिको
गोटी बनेर आसे पासेको
पछि लाग्नुभन्दा
मरूभूमी नै सही
आफ्नै रगत र पसिना सिन्चेर
लाला वालाको लागि
हात मुख जोर्न पाउँदा
बिवसता साचेरै पनि
बिल्कुल तरङित छ यो मन!
मलाई हुतिहारा नभन्नु है कोही
लाखौं आत्मा रुवाएर
आफ्नालाई मात्रै खुवाएर
अरुले देख्ने सुखी
र मनको दुखी मान्छे हुनु भन्दा
हुँदा खानेको दर्जा नै सही
स्वाभिमानी हुनुको गर्वले
छाती सँगै ढक्क फुल्छ
यो मन
सोडसीको प्यारमा परे झैँ
बिल्कुल फिदा हुन्छ यो मन !!
(प्रकाशोन्मुख कृति कविता सङ्रह "नायकको खोजी " बाट)