‘साताको साहित्य पुरस्कार २०१८’ कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने भएको छ।
‘साताको साहित्य डटकम’मा वर्षभरी प्रकाशित भएका कवितामध्येबाट उत्कृष्ट कवितामा पर्न सफल उक्त कविताले यस वर्षको पुरस्कार जितेको हो।
शनिबार एक विज्ञप्ति जारी गर्दै साताको साहित्य डटकमले नवीन प्यासी, बाबु त्रिपाठी र जीवन खत्रीको कवितामध्येबाट कवि प्यासीको कवितालाई उत्कृष्ट ठहर गरेको हो।
उक्त कविता सन् २०१८ मो मार्च महिनामा प्रकाशित भएको थियो। संस्थाले अगस्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूबाट उत्कृष्ट तीन कविता छनोट गरेको थियो।
महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिव पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजी सम्मिलित निर्णायक मण्डलले प्यासीको कवितालाई उत्कृष्ट ठहर गरेको हो।
पुरस्कारको राशी नगद २० हजार रूपैयाँ र ताम्रपत्र रहेको छ ।