Ncell
Setopati
x
Apex
Setopati
x
Apex
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, पुस १७, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

छोरीहरू

भानुभक्त

भानुभक्त

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Laxmi bank

Laxmi bank

Ncell

Ncell

भर्खर १५ पुगेर सोह्र वर्ष लागेकी थिई। मन चंगा हुने त्यो बेला ऊ उड्थी आफैं बादलसँग। धेरै टाढाको बिरानो ठाउँमा पुग्थी। बगैंचा, फूल, खुला आकाश। कहिलेकाहिँ दिउँसै सपना देख्थी– कोही राम्रो  मान्छे घोडा चढेर आउँदै छ ऊ भएतिर। त्यो बेलै त्यस्तै थियो। 
 
गाउँमा स्कुल थिएन। टाढाका स्कुलमा छोराहरू मात्र पढ्न  जान्थे। छोरीहरू स्कुलको बाटो होइन जंगलको बाटो हिँड्थे। बस्तुभाउ चराउन अनि घाँस दाउरा काट्न।
 
जंगलबाटै देखिन्थ्यो, कर्नाली। अनि नदीको छालमै बसेको सानो गाउँ। कर्नाली पारिको त्यो गाउँमा उसकी फुपुको बिहे भयो। ठूलो बुवा कि छोरी पनि त्यतै गएकी छन्। 
 
उसलाई पटक्कै मन पर्दैन त्यो गाउँ न त मन पर्छन् त्यो गाउँका मान्छे। तर उसलाई मन पर्नु र नपर्नुले के अर्थ राख्छ र।  उसको पनि बिहे त्यहीँ हुने भयो। उसलाई कसैले एक फेर सोधेन– बिहे गर्छौ कि नाईँ भनेर।
 
मंसिरमा उसको घरमा जन्ती आयो। ऊ चुपचाप बेहुली बनी। राति धार्मिक परम्परा अनुसार बिहे भयो। 
 
अर्को दिन अन्मिने बेला ऊ बेस्सरी रोई। माली गाई सम्झेर रोई, त्यही गाईको सानो बाच्छो सम्झेर रोई। मेलापात जाँदा भारी बिसाउने डाँडो सम्झेर रोई। आफूभन्दा साना दुई भाइ सम्झेर रोई, बजार गएर रिबन किनेर ल्याइदिने बुवा सम्झेर रोई र दुई चुल्ठी बाटिदिने आमा सम्झेर रोई। 
डोली चढेर ऊ गई। गाउँले आइमाईले कुरा  गरे– छोरीहरू पराई घर नगई सृष्टि चल्दैन। कान्छो भाइ उसलाई पु¥याउन आयो, जन्तीको लहरमा मिसिएर। 
 
हिँडेकी थिई ऊ नयाँ घर सजाउन अनि सृष्टि चलाउन तर उसलाई आफ्नै खुट्टा भारी लाग्यो पाइला उचाल्न। 
 
कर्नालीमा पुल थिएन वारिपारि जान डुंगाकै भर। डुंगा चढेको बेला उसले त्यसैबाट हाम फालिदिउँ सोची। तर सकिनँ। 
घर पुगेपछि उसले सासूको अनुहार र लोग्नेको शरीर नियाली।  साना साना नन्द हेरी। माइतै बसेकी अमाजुलाई कर्के नजर लगाई।  नयाँ घर, नयाँ मान्छे, नयाँ गाउँ जहाँ ऊ कहिल्यै जान नपरोस् सोच्थी त्यहीँ पुगी।
 
अर्को दिन पुर्‍याउन आएका माइती घर फर्कन थाले। कान्छो भाइले उसको गुन्युको ताल समाएर भन्यो – म  त जान्नँ, दिदीसँगै बस्छु। 
 
भाइलाई के थाहा, दिदी र भाइ सधैँ एकै घरमा बस्न सक्दैनन्। उसको मन  गह्रुगो बनेर आयो। आँखामा आउन लागेको बाढी परेलाले सम्हाली र भनी –अहिले तँ जा, दिदी अर्को साल तीजमा आउँछ?
 
उसले दिदीका कुरा पत्याएन। सासूको मुखमा पुलुक्क हे¥यो।  सासूले भनिन् – अँ ज्वाइँ तिमी जाऊ, दिदी तीजमा आउँछे।
 
भाइले गुन्यूको ताल छोड्यो र भन्यो – दिदी यो पालि म धेरै काँक्रा लगाउँछु। तीजमा काँक्रा बेचेर धेरै बिस्कुट किन्नुपर्छ है। 
 
उसले केही बोल्नै सकिनँ। 
 
त्यही दिनबाट गन्न थाली, तीज आउने महिना। भदौ महिनामा आउने तीज दिनमा गनेर पुग्दनथ्यो त्यसैले  औंला भाँचेर महिनामै गनी।
 
अर्को दिनबाट सुरु भयो, घरायसी  काम। बिहानै उठ्थी, दैलो लिपपोत गर्थी। झिसमिसैमा पानी ल्याएर आउँथी। चिया खाजा खाना बनाउँथी। भाँडाकुँडा माझ्थी। घाँसदाउरा गर्थी। फेरि साँझ खाना पकाउँथी, भाँडा माझ्थी चुलो लिप्थी। अनि पुग्थी ओछ्यानमा। पहिले नै ओछ्यानमा पुगिसकेको लोग्ने कहिले उसलाई अँगाल्थ्यो। मन नलागे छोडिदिन्थ्यो।  कहिले  त सुतिसकेको हुन्थ्यो।  ऊ बिरालोको चालमा आउँथी र पल्टिन्थी आँशुको सिरानी हालेर।
 
काम गर्दागर्दै हराउँथी– कतै टाढाको सुन्दर बस्तीमा पुगेको कल्पनामा। बिगार्थी धेरै काम। जब काम बिग्रेको चाल पाउँथी ऊ सासूको अनुहारमा आमा खोज्थी तर कहिले भेट्दिनथी।
 
नियास्रो लाग्दा कहिलेकाहिँ  भागेर  माइत जान  हिँड्थी। तगारो बन्थ्यो, कर्नाली। छालमा बसेर हेर्थी। माथि डाँडामा रहेको उसको माइती । कस्सेर हिँडे एक घण्टामा पुगिने त्यो गाउँमा कर्नालीको कत्रो तगारो। पौडिएर पार गर्ने हिम्मत आउँदैनथ्यो। ‘म माइती जान्छु तारिदेउन् माझी दाइ’ भन्न आँट थिएन उसलाई। छालमा बसेर एकफेर रुन्थी। कर्नाली उसका आँशुको मतलब नै नगरी बगिरहन्थ्यो, निरन्तर...। 
 
ऊ जंगलमा हेर्थी सबैभन्दा अग्लो रुख काटेर कर्नाली वारपार फालेर पुल बनाउने सोच्थी। तर त्यो उसको बसको कुरै थिएन। 
 
फुपू र दिदी पनि अब उसका अरु नै साइनो लाग्ने भइसकेका थिए। कोही जेठानी कोही सासू। ती पनि झर्किन्थे उसँग –कति माइत माइत भन्छे, छोरीहरूको जुनी माइतमा  बसेर बित्छ  र! 
 
भक्कानो फुट्थ्यो उसको। कहिले घाँसको भारीसँगै  निधारबाट बगेका पसिनामा मिसाउँथी आँशु। कहिले तिनै आँशु कम्मरमा बोकेको गाग्रोमा परेर छचल्किन्थे। अनि कहिले खस्थे, मसला पिस्दापिस्दै सिलौटामै। त्यसको साटो ऊ दाल तरकारीमा नुन अलिकति कम हालीदिन्थी। 
 
दिनहरु बिते। कपडा लगाएको रेडियोमा तीजका भाका घन्किन थाले। अब उसले तीज आउने दिनका लागि औंला भाच्न थाली। वर्षदिनका पीडा मनको एक कुनामा राखेर फेरि चंगा बनी, माइत जान पाइने आशमा।
 
दुई चार दिन ऊ नभए पनि हुने गरी घरभित्र र बाहिरको कामको मेसो मिलाई। दर खाने दिन ऊ तयार भई माइत जान। सासूले बिहानै भनिन् – घाट उर्लेको छ। माझीले डुंगा हाल्छ कि हाल्दैन? कसरी जान्छेस्। 
 
उसले सोची– वर्षमा एकचोटी माइत जान पाइया छ,  माझीलाई त थर्काएर पनि  डुंगा चलाउन भन्छु। 
 
भैंसी दुहेर खिर पकाई। उसका बुवालाई खिर साह्रै मन पर्छ। भाइलाई पाँच पुरिया बिस्कुट किनी।
 
अरु के के पनि सामान कोचकाच  पारेर कपडाको गुन्टो बनाएर टाउकोमा हाली। एक्लै जाने कुरा त भएन। उसको पछाडि लाग्यो, लोग्ने। 
 
सिमसिम पानी परिरहेको थियो।  माझी डुंगा किनारमा लाएर घर जाँदै थियो। हिउँदमा निलो भएर बग्ने कर्नालीमा ठूला ठूला भेल  बगिरहेका थिए।
 
माझीले भन्यो – यत्रो भेलमा त डुंगा हाल्न सक्दिनँ। 
 
लोग्नेलाई यति भए के चाहियो र। उसले भन्यो – हिँड् घर। 
 
ऊ स्वास्नीको वास्तै नगरी  सरासर आएको  बाटो फर्कियो। 
 
‘दाइ, एकछिन पछि त घट्छ होला नि घाट’, उसले भनी? 
 
‘साँझसम्म कम भयो भने हेरौंला’, माझीले भन्यो ‘मेरी छोरी पनि माइत आउँछु भन्थी तीजमा।’
 
कर्नाली घट्ने झिनो आश बोकेर ऊ प्लास्टिक ओढेर किनारको एक ढुंगामा बसी। र मनमनै प्रार्थना गरी– हे भगवान पानी रोकियोस्, कर्नाली घटोस्! 
 
समय बित्यो, पानी दर्कियो। साँझ पर्न थाल्यो। पारि किनारमा कोही आएको देखी। केहीबेरमा माझी पनि आयो। पारि उसैकी छोरी आएकी रहेछ। उसले भन्यो– यो वर्ष पनि फर्कने भई छालमै आएर। 
 
झिमझिम अँध्यारो भयो। उसलाई यति धेरै बिरक्त लाग्यो कि सोची– कर्नालीका भेलसँगै  बगीदिन्छु। तर सम्हाली आफूलाई अर्को साल तीजको बेला कर्नाली यसरी नबढ्ला सोचेर।
 
अर्को सालको आशमा झिसमिसे साँझमा ऊ घर फर्की।  उसको टाउकोमा गुन्टो थियो। गुन्टो त के गह्रुंगो थियो र! जति भारी उसको मन थियो। 
 
अर्को वर्ष तीजमा ऊ सुत्केरी भई। आमाका लागि माइतीभन्दा छोराछोरी बढी प्यारा हुन्छन् सायद।  ऊ भुली गृहस्थीमा। गृहस्थीसँगै बिते शरद र वसन्त।
 
धेरै वर्षपछि अचेल कर्नालीमा झुलुंगे पुल बनेको छ। उसको घरबाट देखिन्छ त्यो पुल। ऊ हेर्छे– मान्छेहरू वारपार गर्छन् कर्नाली कति सजिलै। अनि तीजमा गाउँका बुहारीहरू माइत जान्छन् अनि फर्कन्छन् गाउँका छोरीहरू ढुक्कसँग। ऊ मनमनै सोच्छे– कति भाग्यमानी है अचेलकी छोरीहरू!
 
(यो कथा पहिलो पटक २०७३ भदौमा प्रकाशित भएको थियो।)
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  ०८:२९
सिफारिस
'गोरखाबाट छोरालाई सघाउन आएको थिएँ, उही मलाई एक्लो पारेर गयो'
'गोरखाबाट छोरालाई सघाउन आएको थिएँ, उही मलाई एक्लो पारेर गयो'
एमाले छाडेका वासुदेव घिमिरेलाई प्रश्न– बालेनसँग निकट हुनुहुन्थ्यो, उहाँसँगै लाग्न पार्टी छाड्नुभएको हो?
एमाले छाडेका वासुदेव घिमिरेलाई प्रश्न– बालेनसँग निकट हुनुहुन्थ्यो, उहाँसँगै लाग्न पार्टी छाड्नुभएको हो?
धर्म र राजसंस्थाबारे दुर्गा प्रसाईंलाई सरकारको सुझाव– चुनावी म्यान्डेट लिएर आउनू
धर्म र राजसंस्थाबारे दुर्गा प्रसाईंलाई सरकारको सुझाव– चुनावी म्यान्डेट लिएर आउनू
रामजी रामलाई प्रश्न– तपाईंलाई डाक्टर बनाउन राज्यले लगानी गर्‍यो, राजनीतिमा किन आउनुभयो?
रामजी रामलाई प्रश्न– तपाईंलाई डाक्टर बनाउन राज्यले लगानी गर्‍यो, राजनीतिमा किन आउनुभयो?
कुलमान मिसिए रास्वपामा, अनिर्णयमै अल्झिए कुलमानतिर लागेका पहिचानवादी नेताहरू
कुलमान मिसिए रास्वपामा, अनिर्णयमै अल्झिए कुलमानतिर लागेका पहिचानवादी नेताहरू
तर्किरहेको साउदीसँग जनवरीमा श्रम सम्झौता हुँदै, नेपालीलाई के फाइदा?
तर्किरहेको साउदीसँग जनवरीमा श्रम सम्झौता हुँदै, नेपालीलाई के फाइदा?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

कुर्सीको खेलमा
नयाँ पृथ्वी!
मत्त हात्ती र बुद्ध!
नयाँ वर्ष 'नयाँ' बनेर आओस्!
चिसो रात!
हात्तीको देशप्रेम!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

चेतनाथ आचार्य
हजारभन्दा बढी सञ्चार माध्यममा एकैचोटि बजेको सी चिनफिङको सन्देश चेतनाथ आचार्य
केशव दाहाल
हामी जसलाई नेता मानिरहेका छौं, कतै ऊ झिल्के अभिनेता त होइन? केशव दाहाल
नारायण वाग्ले
नयाँ वर्षको एउटा नयाँ तस्बिर नारायण वाग्ले
प्रकाश रेग्मी
संघीयता महँगो कि राज्यले गर्ने खर्च गैरजिम्मेवार? प्रकाश रेग्मी
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

अर्जुन अर्याल
अँ के, म त बैंकर पो! अर्जुन अर्याल
National life inner
National life inner
नकुल चौलागाईं
कोही किन छुट्छन्? नकुल चौलागाईं
अर्जुन मोहन भट्टराई
कम्पनीले इमानदार होइन, स्मार्ट कर्मचारी रोज्छन्! अर्जुन मोहन भट्टराई
होमनाथ न्यौपाने
स्वर्गको घर! होमनाथ न्यौपाने

साहित्यपाटी

धरणीधर अधिकारी
कुर्सीको खेलमा धरणीधर अधिकारी
Hardik
Hardik
नरेन्द्रनाथ भट्टराई
नयाँ पृथ्वी! नरेन्द्रनाथ भट्टराई
side bar 17- shivam inner
side bar 17- shivam inner
रणभीम
मत्त हात्ती र बुद्ध! रणभीम
मनोजकुमार कँडेल
नयाँ वर्ष 'नयाँ' बनेर आओस्! मनोजकुमार कँडेल

केटाकेटीका कुरा

शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP