कविता
नेपाली सुखी समृद्ध देश चाहना नेताको
गाउँको चाला पाउन थाहा खै मान्छे पठाको
पिउन पानी जिउन हावा यता छौं लौ धावा
झुल्केर झट्ट पार्दछौं जन्ता हावा र लौ कावा।
सुकला सुकुल् पढ्न त स्कुल खै राम्रो पारेको
सुन्दर चाहिँ चिप्ला ती कुरा लाग्छ ठिक् पारेको
झार्दछौ आँसु गोहीका लाग्छ लाग्दछ त्यो स्वाङ
उस्तै छ गाउँ पखेरा पाखा पर्दैछ झन् भ्वाङ।
देखिन्न छन्द सुगन्ध न छ चल्दै छ यो मन्द
नडुल्ने रैछ सुगन्ध त्यति फैलियो दुर्गन्ध
मिले पो ताल मादल बज्छ खरिको प्रबन्ध
भनेका कुरा गरे पो पूरा सप्रिन्छ सम्बन्ध।
कानुनी राज देखिन्न आज लागू खै भएको
आस् गरे जस्तो चलेन देश गुनासो छाएको
झुल्कियोस् घाम बिहान पख छाएर उज्यालो
लागन छिटो पुकार्छ ठिटो के सारो बियाँलो।
हाँसेन मन छोडेर खित्का कुँडिन्छ यो मन
के वाचा थियो भुलेको किन टाढियौ दिन्दिन
करोडौं मन दङछन् यता बद्लिन्छौ छिन्छिन
नपार्ने भए समृद्ध देश बसेको के लिन।
शान्त र सभ्य संस्कार भव्य गर्भमा लुकायो
डगर भरि बगर भर्दा विकास त्यो भयो
सचेत बन्ने ज्ञानले झुल्ने विकास सूचक
भौतिक यस्मा जोडे पो हुने विकास पूर्णत:।
बुझेन दीगो विकास के हो पीरमा छ देश
सुझेन अझै निकास दिन मनमा खै क्लेष
जनता माझ ए-एक गरी पसेर केर त
कहाँ छ सुखी समृद्ध देश ऐनामा हेर त!!!