Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, फागुन ९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

प्रिय क्यामेला!

Nmb
Nmb
श्रीबाबु कार्की ‘उदास’

श्रीबाबु कार्की ‘उदास’

gibl
gibl
gibl
gibl
श्रीबाबु कार्की 'उदास'।
श्रीबाबु कार्की 'उदास'।
Tata box 1
Tata box 1

म जङ्गलमा घुमेर चराहरुको गीत सुन्न मन पराउँछु। बगरमा हिँडेर नदीको मिठो सुसाई सुन्न आनन्द मान्छु। देउराली/भञ्ज्याङ्का उकाली र गल्छेडामा डुलेर प्रकृतिको अनुपम सौन्दर्यमा छपक्क भिज्न रुचाउँछु। पहाडका कुना-कन्दरामा सुशेली हाल्दै जरुवाको जलध्वनि सुन्नु र अञ्जुलिमा उठाएर पिउनुको मज्जा झन् बेग्लै छ।

जरुवाको पानी कर्कलाको पातमा प्युनुको स्वर्गीयानन्द सबैलाई कहाँ प्राप्त हुन्छ? चराहरुको चिर्रविर-चिर्रविर गीत। खहरे-खोला र खोल्सीहरुको जल-कलकल संगित। धूपी र सल्लाहरुको उच्चाट लाग्दो सुसाई, नीलो आकाशको भीषण सन्नाटा, पर क्षितिजमा सन्ध्याकालीन समयमा देखिने कलात्मक सौन्दर्यमा प्रतिबिम्बित हुने- भिन्ची र पिकासोको अमुर्त कला!

शारदीय खेतमा धानका गाँजहरुमा म्वाँई खाँदै बयली खेल्ने मन्द बतास वा पूर्णिमाको चहकिलो चाँदनी रङ्गहरुले धर्तीमा सर्वाङ्ग लिपेको सुकुमार साँझ, औधी रमाइलो र चित्ताकर्षक लाग्छ।

अति रमाइलो हुन्छ- आधा रातमा आकाशतिर फर्किएर हेर्न तारामण्डलको शान्त र लयवद्ध चमक। म ताराहरुसँग रमाइ रहन सक्छु। अनि पढिरहन सक्छु एकताको महान- शास्त्र। मन तारा हुन्छ र आकाशमा कावा खाँदै चम्किरहन्छ।

म आकाश बनाउँछु मन र निरन्तर खोजिरहेको हुन्छु- निराकारभित्र जीवनको आकार। पोत्न चाहान्छु रिक्त जीवनका कैयौं क्यानभासमा चमचमाउने सुनौलो तारापुञ्ज। मलाई पहाडका तरेलीहरुमा लमतन्न सुतिरहेका बाटोहरुमा जूनले लुकामारी खेलेको मनपर्छ। घरका झ्यालबाट सुटुक्क कोठामा छिरेर नवयौवका औछ्यानमा पल्टिरहेको वैशालु जूनको सान्निध्यता खुब मनपर्छ।

म देवकोटाको आँखाबाट भावनाको अञ्जुली भर्न चाहान्छु। प्रकृतिको काखमा भाव र भावनाको तौल देख्छन् मेरा छैठौँ इन्द्रीयहरु। भावना न हो कहिले कताको पल्लाभारी हुन्छ, कहिले कताको पल्लाभारी। प्रेमको गहिरो नाप अन्तस्करणमा मात्रै हुन्छ।

म मनको लय न नाप्न सक्छु, न जोख्न सक्छु? मन निक्कै तरल भइदिन्छ। रातको सन्नाटाको अपार स्निग्धता वा प्रेमको न्यानो स्पर्श कसरी मिटरमा नाप्न सकिन्छ? यो प्रायः असम्भव छ। ज-जसले प्रेमको स्पर्श गर्न सक्छन्। ज-जसले अन्तर्स्करणले प्रकृतिको अनुपम सौन्दर्य आश्वास्वादन गर्न सक्छन्, त्यसले मात्रै पाउँछ जीवनको अथाह आनन्द र स्वर्गानूभूति।

Premier
Laxmi bank
Premier
Laxmi bank

मैले कैयौं पटक एक्लै प्रकृतिका काखमा डुलेर, जिन्दगीको सुन्दर सपना र चराहरुको फुर्फुराइमा खुसी साटेको छु। मृगमरिचिका उफ्राइहरुमा जीवनलाई उफारेको छु। कोइली एवम् जुरेलीको मिठो गीतमा जीवनको लय गुनगुनाएको छु। प्रकृति नाङ्गो छ- सर्वाङ्ग!

जङ्गल नाङ्गो छ, नदीहरु नाङ्गै बहन्छन्। फूल सर्वाङ्ग फूलिदिन्छ। म देख्छु घाम, जून, तारा, हिमाल, पहाड, आकाश नाङ्गै र उदाङ्गै छन्। प्रकृतिबाटै सिकेर गिन्सवर्ग, रोवर्ट लोवेल, सिल्भिया प्लाथ, एनी सेक्सटन... आदि संसारमा उदाङ्गोकै प्रेरणा बने।

Ncell
Ncell

त्यसैले कवि सिल्भिया प्लाथले मृत्युलाई एउटा कला ठानिन् र 'अन्य कुराहरु जस्तै म मृत्युलाई कलात्मकताका साथ निस्पादन गर्नेछु' भन्दै मृत्युलाई सरल स्वीकार गरिन्। प्रकृतिसँग रमाउने मानिसलाई 'जीवन' र 'मृत्यु' दुवै स्वीकार्य छ। प्रकृतिको शाश्वत सत्य पनि यही नै हो।

ओ क्यामेला!

तिमी जिन्दगीको उराठ बगरमा निराशा भेट्छ्यौ या आशा? तर म बगरमा पनि क्याकटसका बीउहरु उमारेर फूलाई दिन सक्छु। अथवा नदीका छालहरुमा रमाउँदै पौडिएका माछाका भुराहरुको तालसँगै रमाइ-रमाइ जीवनका अनेकन दु:खहरु बिर्सिदिन पनि सक्छु। जिन्दगीलाई बगर सम्झिए बगर र सहर सम्झिए सहर बन्न सक्छ। कस्तो बनाउने हो? त्यो जिम्मा आफ्नै हुन्छ।

म अनन्त आकाशको स्निग्ध क्यानभासमा मानिसहरुको जिन्दगी मुस्कुराएको पाउँछु। सौन्दर्यको गहिरो र अपार मादकता त्यहीँ भेट्टाउँछु। न बादलको गर्जन मात्रै आकाश टिक्न सक्छ न नीलो शान्त रङ्गले मात्रै आकाश चम्किरहन सक्छ। आकाश पनि कहिले नीरझैं चम्किरहन्छ। कैले गड्याङ-गुडुङ र अशान्त घनघटाले विक्षिप्त बन्छ।

दु:ख-सुख त मानवमा मात्रै होइन, प्रकृतिमा पनि त हुन्छ। मलाई प्रकृतिप्रेमी कवि वर्डस् वर्थको काव्यात्मक हेराई मन पर्छ। उनले लेखेको प्रकृतिको लीला मन पर्छ। प्रकृति चिहाउने कलरिज/टीएस इलियटजस्ता कविहरु प्रिय लाग्छन्।

प्रकृति हेर्छु अनि कल्पना गर्छु मानिसहरुको समय चक्र। समयले एकनास कसैलाई साथ दिंदैन रहेछ। कैले दु:ख कैले सुख भइनै रहन्छ। चलिनै रहन्छ। जीवन त सुख-दु:खको दुई पाटा न हो। अर्थात फोका उठेपनि पानी, फोका फुटे पनि पानी। सुख त केवल पानीको फोकाहरू मात्रै हुन्।

कैले आँसुका मसीले जिन्दगीको दु:ख लेख्नु पर्ने। कैले इन्द्रेणीका रङ्गहरु चोवेर लेख्नु पर्ने मानिसका सघन सुखै-सुख। मलाई भीर पनि मन पर्छ। जीवनका कैयौं पीर पनि मिठो लाग्छ। म भीर र पीरमा देख्छु जीवनको अनुपम र शास्वत सौन्दर्य।

म कैले कोदोको खस्रो रोटी स्वाद मानेर हुर्केको हुँ। मेरो जन्मस्थल झुलेको धुलौटे माटोमा खेलेर आएको हुँ। म झुलेका पाखा पखेरामा मृग-शावकझैं खेलेको छु। धोलीखोला र तामाकोसीका तरङ्गसंग तरङ्गित भएको छु। झुलेको ढुङ्गा-माटोमा मेरो सैशव बितेको छ। यौवन बितेको छ र जीवनका अनेकौं इन्द्रेणी रङ्गहरु पोखिएको छ। मेरो शरीरमा जन्मस्थलीय माटोको सुवास मग्मगाउँछ। त्यही माटोको स्नेहले म सधैं सौरभित छु। सुगन्धित छु।

मैले बाल्यकालमा साउँ अक्षरका चित्रहरु त्यहीँ कोरें। जहाँ म जन्मिएँ, मलाई त्यो गाउँ स्वर्गभन्दा सुन्दर लाग्छ। प्रिय र अपार लाग्छ। मैले पहिलोपटक देखेको शान्त आकाश, मैले पहिलोपटक देखेको त्यो ठूलो लाँकुरीको रुख, पानी खाने ढुङ्गे-धारा, सधैं कलकलाइ रहने धोलीखोला, मैले बाल्यकालमा खेलेको ती ठूलनागी-सान्नागी र थकाइ मारेका चौतारी र बसौनीहरु त्यहीका हुन्।

आँखामा तैरिन आउने छिचिमिराझैं सपनाहरु र अर्धमृत झझल्काहरु त्यहीँका हुन्। मैले पहिलो पटक फूकेको प्रेमको अलाप त्यहीँको सन्नाटामा झुन्डिएको हुनुपर्छ। अथवा न्याना रातहरुको इन्द्रेणी रङ्ग त्यतै कतै पोखिएको हुनुपर्छ।

मलाई मेरो जन्मस्थल मुटु जत्तिकै प्यारो लाग्छ। आमा जत्तिकै निस्वार्थ र न्यानो लाग्छ।

मैले फरक कोणबाट हेरेको आकाश। यी निरन्तर बगिरहने नदी-नाला। चराहरुको नीर-अविच्छिन्न चिर्वीर-चिर्वीर! यो अनन्त आकाशको विशाल आयाम। जीवनका अनेकौं रीतिरिवाज, सम्बन्ध, असम्बन्ध, दु:ख-सुख, हाँसो-खुसी, अभाव, अत्यास र आरोह-अवरोह जम्मै त्यही माटोबाटै टिपेको हुँ। मैले अक्षरका दानाहरु उनेर कविताको माला उन्न त्यहीँ सिकेको हुँ।

ओ! क्यामेला।

तिम्रो सहरभन्दा मेरो गाउँ कयौं गुणा सुन्दर छ। प्रेमिल र प्रिय छ। तिम्रो सहरमा जतिसुकै प्रेमवर्षा गर या स्वच्छ स्निग्ध हिमवर्षा गराउ। अँह, म पग्लिएर पग्लन सक्दिन। हाम्रा महाकवि देवकोटाले भावावेशमा उसै किमार्थ भनेका होइनन्- 'गाउँ र सहरमा दुई वटा कुरा फरक छन्। सहरमा घरहरु नजिक हुन्छन् तर मनहरु टाढा छ। गाउँमा घरहरु टाढा-टाढा हुन्छन् तर मनहरु नजिक हुन्छन्।'

म छातीमा गाउँको माया बोकेर हिँडेको छु, म मस्तिष्कमा गाउँको सौन्दर्य खिपेर सहरमा सभ्यता खोजिरहेको गाउँ हुँ, गाउँ।

मेरा गोजीमा गाउँका अनेकौं सपनाहरुका गुजुल्टाहरु छन्। म धेरै मानिसका सपना बोकेर सहर हिँडेको छु। मलाई पिजा, वर्गर र स्यान्डवीजभन्दा गाउँको गुन्द्रुक ढिडो र कोदोको रोटी स्वादिलो लाग्छ। म सहरको यान्त्रिक जीवन नभएर गाउँको प्राकृतिक जीवन बाँच्न चाहान्छु। प्रिय क्यामेला! मलाई तिम्रो सहरको नग्न नृत्यभन्दा मेरो गाउँमा नाचिने मारुनी, कौडा, टप्पा, छलिया र देउडा निक्कै प्रिय लाग्छ।

म प्रकृतिसँग निक्कै नजिक हुन्छु। पुतली उड्छ जीवनका रङ्गहरु बोकेर- म हेर्छु। नदीहरु निरन्तर कलकलाउँछ, कलकल-कलकल- म सुन्छु। चराहरु उड्छन विशाल आकाशमा- म आकाशको विशाल छातीमा विचरण गर्छु। पहाडी पाखा-पखेरामा गुराँस र चिमालका रङ्गहरु सापट मागेर वसन्तले चित्र कोर्छ- म हेर्छु प्रकृतिको अनुपम कला।

चौरहरुका दुबोहरु हुन् वा बुकी र सुनबुकीहरुमा गाउँ आफ्नो यौवन देखाउँछ, म त्यहीँ कतै लाडिएर गाइरहेको हुन्छु- प्रेमिल गीत।

म कत्ति स्वतन्त्र बन्छु प्रकृतिमा। वाह! कति स्वतन्त्र छन् पुतलीहरु, कति स्वतन्त्र छन्, चराहरु। कति स्वतन्त्र छन्, मानिसहरु। मलाई फूलहरु, दुबोहरु, पहाडहरु, हिमालहरु, नदीहरु...! सबै स्वतन्त्रत भएकै मनपर्छ।

मैले स्वतन्त्रताको पाठ सिकेको हुँ, प्रकृतिबाट। मैले प्रेमको दर्शन पढेको छु चराहरुबाट। मैले स्वाभिमानको शिक्षा लिएको छु बेदाग हिमालहरुबाट। तिमी आफै भन क्यामेला म गाउँबाट कसरी बन्न सकुँला पृथक? म जति-जति सहर खोज्दै जान्छु, त्यति-त्यति गाउँको तीर्खामा तीर्खाइरहन्छु। मैले गाउँ सम्झिरहँदा एउटा कविता मनबाट फुसफुसाउँछ-

म गाउँबाट आउँदा

कोमल र रसिला मनहरु उतै छोडेर आएँ

आमाको स्नेही ममता र,

झरिलो मुस्कान उतै छोडेर आएँ

मात्र सुकिलो पछ्यौरामा झुन्डिएर आएछ

स्वार्थको कपटपूर्ण मुस्कान अनि,

क्याक्टसका काँडा जस्तो निस्सार मुटु।

सहर छ ममताहीन, निर्मम कठोर विवेकहीन। कहाँ छ सहरमा आत्मीयता? मलाई प्रकृतिको रूप मन पर्छ, सार मन पर्छ। प्रकृतिको स्नेहमा रम्न को नहोला र लालायित? कवि हुन् या कलाकार, साधु हुन् या शन्त, सबैले गर्छन् प्रकृतिको अभ्यर्चना।

कविहरु लेख्छन्-

- चन्द्रमाको गीत

- फूलैफूलको गीत

- फूलमा साँझ तप्किने शीतको सौन्दर्य

- इन्द्रेणी, झरना र सुर्योदयको मादकता

- म सहरमा भएको छु रोबोट

- रोबोटमा 'मन' हुन्न रहेछ

- रोबोटमा 'प्रेम' हुन्न रहेछ

 - रोबोटमा 'संवेदना' हुन्न रहेछ।

हो, सहरमा हामी रोबोट हुँदारहेछौं। मानिसभित्रको 'मानिस'मा संवेदना हराएर शून्यमा झर्दा रहेछौँ। एउटा कृतिम मानवमा रूपान्तरित बन्दारहेछौं। जीवनमा आफ्नो मात्रै हुँदो सोच्दारहेछौं।

पढ्छु कविशिरोमणि लेखनाथ पौडेलको कवितामा- 'मै खाउँ, मै लाउँ वा सुख शयल मै गरुँ...' भन्ने भावले हामी प्रतिबिम्बित हुने रहेछौँ। सहरमा मन क्रय-विक्रय हुने। दिलको मोल-भाउ हुने। संवेदनाको नाप-तौल हुने। भावनाको खुल्लम खुल्ला व्यपार हुने। हरेक कुरा बिक्ने रहेछ सहरमा। कुनै समय आफैंले एउटा कविता लेखेको थिएँ।

सहरमा सबथोक बिक्दो रहेछ

तौलिरहेका देख्छु साहु-महाजन

आ-आफ्ना दोकानहरुमा

राखेर ढक तराजुमा

मानिसभित्रका प्रेम, स्नेह र सद्भावनाहरु

जहाँ-

निर्वाद बिकिरहेछन मानिस र ईश्वरहरु!

सहरमा सूर्य अहम् बोकेर उदाउँछ। सहरमा जून स्वार्थ बोकेर उदाउँछ। नदीहरु आफ्ना कुरुप अनुहार लिएर कालो बगिरहन्छन। यी हावामा घोलिएको हुन्छ शकुनि रङ्ग। सडकमा समयसँगै मूर्झाइरहेको छ मानवता। एकमुखे रुद्राक्षझैँ अदृश्य र अलप भइरहेको छ- खुसी।

प्रिय! क्यामेला।

भन, म कसरी सहरमा प्रेमको सपना देखुँ? कसरी गरुँ तिमीलाई निस्वार्थ प्रेम? कसरी चिनुँ तिम्रो मौनताको भाषा? माफ गर क्यामेला, म चाहेर पनि तिम्रो मन र मन्दिरको पुजा गर्न असमर्थ छु। यो सहर छलकपट र जालझेलको अर्काइभभन्दा केही होइन रहेछ। स्वार्थ र अहंको पिरामिड सिवाय केहि होइन रहेछ।

बस् यतिबेला स्मृतिका चक्काहरुमा घुमिरहेको छ मेरो जन्मस्थल। सपनामा घुमिरहेका यी प्रेमका न्याना बिहानहरु, स्नेहका स्वादिला बिम्बहरु, मित्रताका सुकुमार क्षणहरु, निस्वार्थ मानिसहरुका झरिला मुस्कानहरु र आत्मीयताका न्याना काखहरु सबै-सबै गाउँमै छन्।

लाँकुरीको टुप्पो छोएर उदाउँने जूनको एक टुक्रा उज्यालो रातभरि टुकीको उज्यालोमा प्रेमिल भएर बस्थ्यो। आँगनमा गजधम्म थलामारेर निधाउँथ्यो- बूढो रात। ट्वाकलका भंगेरा र सारौहरुले प्रात: उज्यालोको गीत गाउन थालेपछि घरका खापा र ढोकाबाट भित्र छिर्थ्यो- तन्नेरी प्रभात। जहाँ म, नदी र खोलाका सङ्लो पानीमा हेर्थें सुकिलो ऐना। खोइ, कहाँ खोजुँ म त्यो परिवेश?

म सहरका आँखाबाट गाउँ चिहाइरहेको हुन्छु। मलाई माफ गर क्यामेला। म तिम्रो सहरमा तिमीसँग रमाउन सक्दिन। मेरो सबैभन्दा प्रगाढ प्रेम त गाउँका सुकिला र निस्वार्थ मुस्कानहरुमा झुन्डिएको छ। बस् झरिला मुस्कानहरुमा...

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  ११:२६
सिफारिस
दर्शकको मन छुने सुपरहिट कमेडी फिल्म, हेर्नुस् युट्युबमा
दर्शकको मन छुने सुपरहिट कमेडी फिल्म, हेर्नुस् युट्युबमा
क्रिकेटमा पुरिँदै 'ठूला' र 'साना' टोलीबीचको दूरी
क्रिकेटमा पुरिँदै 'ठूला' र 'साना' टोलीबीचको दूरी
टी-२० विश्वकपबाट नेपालले के सिक्यो, के सुधार गर्नुपर्छ?
टी-२० विश्वकपबाट नेपालले के सिक्यो, के सुधार गर्नुपर्छ?
स्कटल्यान्डलाई हराएपछि दीपेन्द्र र कप्तान रोहितले बताएको जितको आधार
स्कटल्यान्डलाई हराएपछि दीपेन्द्र र कप्तान रोहितले बताएको जितको आधार
१२ वर्षपछि विश्वकपमा जित निकाल्दा बने यी मुख्य कीर्तिमान
१२ वर्षपछि विश्वकपमा जित निकाल्दा बने यी मुख्य कीर्तिमान
दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा नेपालले विश्वकपमा निकाल्यो १२ वर्षपछि जित
दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा नेपालले विश्वकपमा निकाल्यो १२ वर्षपछि जित
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

तिमी गयौ भने...
असंयत नेतृत्व!
भो बा मलाई राजनीति गर्नु छैन!
म आमा हो नि!
मान्छेले मेशिन बनाएका हुन् कि मेशिनले मान्छे?
चंगाको धागो!
ime money transfer
ime money transfer

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP