कविता
कोही त देशको मियो बन!
कैँची होइन सियो बन!!
धेरै भो तितो खुराफात!
अब त केही गुलियो बन!!
छेउँ-छाउँ जल्दै छ देश!
भित्री आँत गल्दै छ देश!!
राँको र ज्वाला धेरै भयो!
कोही त सालिन दियो बन!!
हाम्रो ढाडमा अरु टेक्दै छ!
हाम्रो निकास अरु छेक्दै छ!!
फुटे कमजोर सधै-सबै!
अब त केही बलियो बन!!
साच्चिँकै देशभक्त थियो बन!
अब त देशको मियो बन!!
सहुँला पीडा प्रशव ठानी!
टाल्ने घाउ सियो बन!!
कोही त देशको मियो बन