Ncell
Setopati
x
Samsung
Setopati
x
Samsung
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, चैत ५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

अन्तिम भेट!

Royal Enfield
Royal Enfield

ओविलाल विश्वकर्मा 'अभि'

जेठ २४
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

कसरी भुल्न सक्छु होला र म त्यो अन्तिम भेट! चौतारीमा पर्खिरहेकी तिमी, सधैँ झैँ ढिला पुगेको म।

लागेको थियो, मलाई देख्नासाथ कराउने छौ तिमी। रिसाएर ठुस्स, गाला रातो गराउने छौ तिमी। मैले अँगालोमा लिएपछि तिमीलाई, हामी दुईको संसारमा हराउने छौ तिमी।

तर त्यो तिन फरक थियो, फरक थियो हामी भेट्नुको उद्देश्य।

केवल भन्यौ, 'समयमा आउने बानी कहिले हुने भएन है तिम्रो?'

म बोलेँ, 'अ! हेर न, अब त पर्खिनको लागि तिमी पनि हुँदिनौ।' अनि ङिच्च हाँसिदिएँ।

संवाद जारी रह्यो।

फेरि बोल्यौ, 'त्यो बनावटी हाँसो मलाई देखाउनु पर्दैन।'

म बोलेँ, 'अब, अरूको अगाडि हाँस्ने बानी पनि त बसाल्नु पर्‍यो।'

मलिन अनुहार बनाएर बोल्यौ, 'मेरो लागि सजिलो छ जस्तो लाग्छ यो सब?'

Ncell
Ncell

जवाफ फर्काइहालेँ, 'न सजिलो तिम्रो लागि, न मेरो लागि सजिलो, अनि हामी छुट्नु किन पर्ने?'

एक छिन, सन्नाटा छायो।

एक छिनपछि सोचेर बोल्यौ, 'बुझ्ने कोसिस गर न, गन्तव्य विहीन यात्रा तय गरेर के गर्नु?'

म बोलेँ, 'यात्रा गर्दै गएपछि, गन्तव्यमा पुग्ने हौसला र उपाय पनि आउँदै गर्छ नि हैन र? प्रयास त गर्नु पर्‍यो नि, पहिल्यै हार मानेर कहाँ हुन्छ र?'

अलि झर्किएर बोल्यौ, 'अनि प्रयास गरेर असफल भएपछि बिच बाटोबाटै छुटिनु पर्‍यो भने?'

कपाल सुमसुम्याउँदै भन्यौ, 'सँगै हिँड्नु सजिलो छ, आभास। तर साथ छुटेपछि त्यो बाटोबाट न त अघि जान नै सकिन्छ न त एक्लै पछि फर्कन। म चाहन्नँ हामी दुवैको त्यो अवस्था होस्।'

एक छिन फेरि मौनता छायो। साँझ पर्न लागेको थियो।

मेरो काँधमा आफ्नो शिर राख्यौ। हात समायौ। सम्हाल्न सकिनँ मैले आफूलाई, टप्प खसिहाले आँसुका थोपाहरू।

तिमीलाई सुइँको नहोस् भनेर हत्तपत्त पुछ्न थालेँ आँखा तर थाहा भयो तिमीलाई।

म चाहन्न थिएँ हाम्रो अन्तिम भेटमा पनि तिमीले रुनु परोस् तर चाहेको हुने भए हाम्रो यो भेट पनि अन्तिम किन हुन्थ्यो र?

चाहना त हाम्रो पनि थियो, जिन्दगीभर एक अर्काको साथमा हुने, सुख दुःख सँगै कटाउने, एक अर्कालाई हेरी रमाउने।

तर केही भएन चाहेजस्तो, न त पाएँ चाहेको तिमीलाई।

म रोएको थाहा‌ पाएपछि कसेर अङ्गालो हाल्यौ अनि रुन्चे स्वरमा भन्यौ, 'आई विल अल्वेज लभ यु आभास। तिमी मेरो लागि सधैँभरि खास रहने छौ। तिमीसँग बिताएका हरेक पलहरू मेरो जिन्दगीको अमूल्य पलका रूपमा रहनेछन्। अझ भनौँ मेरो जिउने आधार हुनेछन्। यु विल अल्वेज ह्याभ माई हार्ट।'

बोल्न सकिरहेको थिइनँ म‌ केही। आँसु पुछिदिएँ तिम्रो, निधारमा चुम्बन गरेँ र हातले इसारा गर्दै मुस्कुराउन आग्रह गरेँ। त्यो हाँसोमा दुःख देखिए पनि मुसुक्क मुस्कुरायौ तिमी अनि भन्यौँ, 'अब हामी निस्कनुपर्छ, आभास।'

'तिमी निस्केऊ न, म एक छिनमा निस्किन्छु नि' भनेँ।

तिमीले फेरि कसेर अङ्गालो हाल्यौ अनि 'गुड बाई आभास' भनेर निस्कियौँ।

बदलामा बनावटी हाँसोमा हातले बाईको इसारा बाहेक केही बोल्न सकिनँ।

तिमी जाँदै थियौ, घाम अस्ताउँदै थियो। लाग्यो, मेरो जिन्दगीमा अब त्यो घाम कहिल्यै उदाउने छैन अनि उदाउने छैन मलाई हेरेर मुसुक्क मुस्कुराउने तिम्रो अनुहार।

बेला बेला पछि फर्केर हेर्‍यौ तिमीले, तिमी देखिन नछाड्दासम्म एकोहोरो टोलाएर हेरिरहेँ मैले पनि।

बिस्तारै तिमी देखिन छाड्यौ अनि अस्तायो पूर्ण रूपमा त्यो घाम र छायो अन्धकार। अब मेरो जिन्दगी त्यस्तै हुनेवाला थियो र सायद तिम्रो पनि।

चाहेको थिएँ तिमीलाई, पाउन सकिनँ। तर भगवान्ले संसारका सारा खुसी तिम्रो पाउमा राखिदिउन्, चाहे त्यसको मूल्य मेरो प्राण नै किन नहोस्। 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ११:०१
सिफारिस
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

सम्बन्ध!
उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
कामना गरौँ...
मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP