Setopati साहित्यपाटी
YouTube Subscribe
शनिबार, असोज ३, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

बा!

विनोद ढकाल

कविता

हिजो बा मलाई समय पढाउनु हुन्थ्यो
आज म बुवा भएर बाबुलाई समय पढाउँछु।

थाहा छैन, 
तर
पहिलो पाइला बा कै औंला समाएर हिँडेको हुनुपर्छ
पहिलो शब्द बा नै बोलेको हुनुपर्छ
पहिलो अक्षर बा ले नै लेखाएको हुनुपर्छ
त्यसैले भन्छु बा!
तिमी नै मेरो जीवनको पहिलो गुरू हौ 
पथप्रदर्शक हौ र मार्गदर्शक हौ।

हिजो मलाई ठूलो बनाउन सपना देखाउने बा!
म सानो छँदा काँधमा बोकी परसम्म देखाउने बा!
मेरै उज्यालोको लागि मैनबत्ती बनेर बल्दिने बा!
घरको हरेक जिम्मेवारीमा आफ्नै काँध हाल्दिने बा!
मेरो लुगा फाट्दा आफ्नौ दौराको फेर च्यातेर टाल्दिने बा!

सम्झन्छु, हिजो बा सँगका मेरा ती दिनहरू...
बाबु तँ साह्रै अल्छि भइस् सबेरै उठ्ने बानी बसाल्नु
जा घाँस, दाउरा, गोबर सोर अनि किताब पल्टाउनु
भविष्यमा सबैले मान्ने ठूलो विद्धान बनेस् है बाबु 
आइज म पाठ पढ्छु त घण्टी बजाउनु।

बा!
म मेरा हरेक अप्ठ्याराहरूमा तिम्रो काँधमा हुन्थेँ
म भन्दा बडेमानको भारी तिम्रो पिँठ्युमा हुन्थ्यो
तै पनि म थाक्थेँ, खुट्टाहरू गल्थे, रून्थेँ र कराउँथें
तर कहिल्यै थाकेनन् तिम्रा ती जिम्मेवार काँधहरू।

मेरै हाँसोमा आफ्नो हाँसो बिर्सिएका बा!
गरिबी र जिम्मेवारीले पिल्सिएका बा!
म सोच्छु मेरो खुसीका लागि के गरेनन् र बाले 
सबथोक सहे, जिन्दगी भर पसिनाले नुहाए।

यदि दुःखको पर्यायवाची शब्द कुनै छ भने त्यो बा नै हुनुपर्छ
खुसीको पर्यायवाची शब्द छ भने पनि बा नै हुनुपर्छ
हामी स–साना खुसीमा रमाउँथ्यौं, 
बा! हाम्रो खुसीमा रमाउँथे।

एक दिन साँझ टुकीको मधुरो उजेलीमा
मझेरीको एक छेउमा किताब पढ्दै गर्दा
'आमा' कविता पढेँ
आमा! पढ्दै गर्दा मनमा कौतुहलता जाग्यो
किताबको हरेक पाना पल्टाएँ
अहँ! बा कहीँ भेटिनँ
मेरा आँखा बा तिर तेर्साउँदै 
बा लाई नै प्रश्न गरेँ
बा!
बा कविता हाम्रो किताबमा किन नराखेको?
बा को मौनता बीच फेरि अर्को प्रश्न गरेँ
मैले बा को बारेमा कहिले पढ्ने बा?

बा का ती मौनताहरू अझै तोडिएका छैनन्
तर आज म आफै बा भएपछि बल्ल थाहा भयो 
बा! त पढाइ होइन, भोगाइ हो
बा! लेखाइ होइन, सिकाइ हो
बा! कविता होइन काव्य हो भनेर
सायद त्यै भएर होला कुनै कविले पनि
बा लेख्ने शब्द भेटेनन् कि क्या हो!
मैले आमा पढेँ, परिवार पढेँ, समाज पढेँ, राष्ट्र पढेँ
तर अहँ! बा कहिल्यै पढिनँ।

म त भन्छु बा! 
धर्ती हुन्, ब्रह्माण्ड हुन्, आकाश हुन्
या त भनम् बलियो खम्बा हुन् 
हरेक विपत्तिमा ब्रह्माण्ड आत्तियो होला
तर अहँ! मेरा बा कहिल्यै आत्तिएनन् 
भूकम्प आयो घर भत्कियो, जमिन भासियो
पानीका मुहान सुके 
तर मेरा बा न ढले, न भासिए, न सुके
बा को त्यो अचम्मको साहस देखेर म छक्क पर्थेँ
बेला–बेला आकाश पनि रून्छन्, कराउँछन्, आँसु बगाउँछन्
तर मेरा बा कति साहसी पीडामा पनि आँसु लुकाउँछन्।

बा!
शितल छहारी हुन्
हामी त्यही छहारीमा गर्मी छउन्जेल शितलता ताप्यौं 
शितलता सँगै आ–आफ्नो बाटो लाग्यौं
तर बा आज पनि त्यही शितलताका लागि
परिवार पर्खी रहन्छन्, कुरी रहन्छन् बाटो हेरी रहन्छन्।

खै बा आज पनि म अन्योल मै छु
तिमीले देखाएको मार्गहरू गन्तव्यमा पुगे या पुगेनन्...
सपनाको सहरमा बिलाए, या त बाटो बिराए ...
निन्द्रा त झुपडीमै मिठो लाग्थ्यो बा!
यहाँका बिछ्याउनाहरूले पनि बिझाएका छन्
तर यति भन्छु बा!
ती तिमीले देखेका सपनाहरू बिलाएका छैनन्
भरोसाहरू टुटेका छैनन् 
दुःखमा सल्लाह दिने त आफन्त पनि हुन्छन् बा!
तर साथ दिने तिमी बाहेक भेटेको छैन।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १२:४७
सिफारिस
त्रिशूली बजार सार्ने, टोखा–छहरे–केरूङ सुरूङमार्ग अघि बढाउने
त्रिशूली बजार सार्ने, टोखा–छहरे–केरूङ सुरूङमार्ग अघि बढाउने
एउटै अनुहारले प्रहरीलाई झुक्क्याएपछि, हेर्नुस् युट्युबमा
एउटै अनुहारले प्रहरीलाई झुक्क्याएपछि, हेर्नुस् युट्युबमा
नेपालको २ करोड डलर दाबीमा यी २ वैज्ञानिक अनुसन्धान हुनसक्छ बलियो प्रमाण
नेपालको २ करोड डलर दाबीमा यी २ वैज्ञानिक अनुसन्धान हुनसक्छ बलियो प्रमाण
को हुन् सरकारले सिफारिस गरेका १३ राजदूत?
को हुन् सरकारले सिफारिस गरेका १३ राजदूत?
अब देउवा र शेखरसँग कति नेता बाँकी?
अब देउवा र शेखरसँग कति नेता बाँकी?
सगरमाथा हेर्न होइन, बुझ्न बनाइएको 'रोड टु एभरेस्ट'
सगरमाथा हेर्न होइन, बुझ्न बनाइएको 'रोड टु एभरेस्ट'
इरानका सर्वोच्च नेता मोज्तबा घरको काम गर्थे, छोरी फुटबल खेल्थिन्!
इरानका सर्वोच्च नेता मोज्तबा घरको काम गर्थे, छोरी फुटबल खेल्थिन्!
हामी एआई मात्र होइन, पृथ्वीमा नयाँ जीवन जन्माइरहेका छौं!
हामी एआई मात्र होइन, पृथ्वीमा नयाँ जीवन जन्माइरहेका छौं!
अदाणीलाई पछि पार्दै झाङ यिमिङ बने एसियाकै धनी व्यक्ति
अदाणीलाई पछि पार्दै झाङ यिमिङ बने एसियाकै धनी व्यक्ति
थप

साहित्यपाटी

उत्सर्गीत जीवन!
त्यो प्रेम, जो अधुरै रह्यो!
यथार्थको अन्तिम घुम्ती!
नाम नभएको मातृत्व!
बत्ती नबलेको घर!
सुन्धारादेखि कीर्तिपुरको यात्रा!

विचार

नीति कार्की
विपत्तिपछि अर्थतन्त्र उठाउन बैंकको भूमिका के? नीति कार्की
प्रवीण आचार्य
विपदअघि जोखिम पहिचान– भू-उपग्रहदेखि पूर्वसूचनासम्म प्रवीण आचार्य
जयप्रकाश आनन्द
राजतन्त्र अन्त्यदेखि नयाँ संविधानसम्म– गिरिजाबाबुको राजनीतिक मनोविज्ञान जयप्रकाश आनन्द
शरद अधिकारी
विद्या मिसको सुनसान महाप्रस्थान शरद अधिकारी

ब्लग

अल्का विष्ट
भोटेकोशीले बगाएको उत्तरी ढोका! अल्का विष्ट
दीपक राज जोशी
पढ्ने बानी कसरी फर्काउने? दीपक राज जोशी
आर्यम विष्ट (रमेश)
आमाको मुहारमा सधैँका लागि मुस्कान ल्याउने सपना! आर्यम विष्ट (रमेश)
सरिता हुमागाईं (सरित्)
संघर्षका महापुरुष मेरो हजुरबुबा! सरिता हुमागाईं (सरित्)

साहित्यपाटी

प्रकाशचन्द्र खतिवडा
उत्सर्गीत जीवन! प्रकाशचन्द्र खतिवडा
पुजन कुमार
त्यो प्रेम, जो अधुरै रह्यो! पुजन कुमार
जगत बोहरा
यथार्थको अन्तिम घुम्ती! जगत बोहरा
विवेक अर्याल
नाम नभएको मातृत्व! विवेक अर्याल

केटाकेटीका कुरा

शिवांशी खड्का
बाढीले खोसेको हामीजस्तै बालबालिकाको खुसी फर्काऔँ! शिवांशी खड्का
समृद्धि बस्ताकोटी
हामीलाई पढाइ मात्र होइन, बाँच्न पनि सिकाइदेऊ! समृद्धि बस्ताकोटी
मायोन गोबिन्द श्रेष्ठ
प्रकृतिको संरक्षक! मायोन गोबिन्द श्रेष्ठ
सम्राट घिमिरे
किताबमा पढेको प्रविधि जब आँखैअगाडि देखियो सम्राट घिमिरे

पाठक विचार

खड्क बहादुर के.सी.
नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीको प्रधानमन्त्रीलाई खुलापत्र खड्क बहादुर के.सी.
बिमला अर्याल
सफल प्रशासनको कडी: इमानको सम्मान कि आरोपको अपमान? बिमला अर्याल
सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP