प्रकृतिको वरदान हो
हाम्रो देश नेपाल
हिमालदेखि तराईसम्म
विविधता हेर गर्नु छ सम्भार।
हिमालको टाकुराले स्वाभिमानको
गीत गाउँछ
पहाडमा धानका बाला
हावामा लहलह लाउँछ।
भेषभुषा थरी-थरी सुन्दरताले
मनै रमाउँछ
हावापानी विविध छन्
अन्न फलफूल फलाउँछ।
इलामको चिया बगान
घुमी आएको
पोखराको सुन्दरताले
पर्यटक तानेको।
ल्होसार, माघी, दसैँ-तिहार
चाडपर्व राम्रा
सामाजिक अनि सांस्कृतिक
महत्त्व बोकेका छन् हाम्रा।
जन्मदेखि मृत्युसम्म
गरिने विभिन्न संस्कार
जात फरक, भाषा फरक
महत्त्वको सरोकार।
आफ्नो भाषा, संस्कृतिलाई
जोगाउने जिम्मेवारी हाम्रो
गाउँ-ठाउँ, सहर बजार
चर्चा गरौँ राम्रो।
विदेशीको भर अब
हामी पर्नु हुन्न
आफ्नो ठाउँको विकास गर्न
कम्मर कस्नु पर्छ।
भक्तपुरको जुजुधौ
पहिचान बोकेको
हाकुपटासी कालो टोपी
अति सुहाएको।
चितवनको तोरी हेर निकै
प्रसिद्ध, तराईको फाँट
हेर बने सुन्दर
हेर बने मनमोहक।
विविध जातजाति सुन्दर
देश हाम्रो
अनेकतामा एकता छ
साथ सहयोग राम्रो।
प्रकृतिको वरदान हो
हाम्रो देश नेपाल
हिमालदेखि तराईसम्म
विविधता हेर गर्नु छ सम्भार।