हे नन्दी महाराज,
तिमी हारेका पनि होइनौ
बढारिएका पनि छैनौ
कालो लामो अन्तरालमा
आँधीबेहरी आयो
तिमीलाई उडायो
सुक्खा वन-पाखामा
डढेलो लाग्यो
तिमीलाई डढायो
नन्दी महाराज अब,
वर्षा ऋतु आउन देऊ
डढेलो निभाउन देऊ
त्यो आँधीबेहरीलाई
उल्टो बाटो फर्कन देऊ
यो प्रलयलाई
विलय हुन देऊ
केही बेर तिमी
अब आराम गर
शिवकै आस गर
शिवकै भर पर
शिव नै सर्वशक्तिमान् हो
शिवकै दुनियाँ जहान हो।