प्रिय,
झगडा धेरै गरियो
बाझाबाझ, कुटाकुट, हानाहान
के-के गरियो, गरियो
कहिले बोलिएन
कहिले रिसाइयो
कहिले घर छोडेरै हिँडियो
कहिले पीडा भुल्न लट्ठ भएर मातियो
जे गरे पनि
रिस मरेपछि
कुरो बुझेपछि
फेरि तिमी नै त चाहियो
असमझदारी कसको हुन्न र
झगडा कसको पर्दैन र
मन कसको दुख्दैन र
अनि पीडा कसलाई हुन्न र
हाम्रो पनि भयो
म हार्छु, तिमी जितौँला
तिमी हारे, म जितौँला
कुरो मिले दुवै जितौँला
अब, आऊ हामी मिलौँ
सँगसँगै बढौँ, सँगसँगै खेलौँ
दुवै मिली सुन्दर कथा लेखौँ
हाम्रो लागि, हाम्राका लागि।