जनताको अभूतपूर्व म्यान्डेटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार सरकार गठन गर्दैछ। र, यो दलका वरिष्ठ नेता बालेन (बालेन्द्र) शाह लोकतान्त्रिक इतिहासकै कान्छा जननिर्वाचित प्रधानमन्त्री बन्दैछन्।
तीन वर्षअघि मात्र गठन भएको रास्वपा अहिले जसरी उदाएको छ, त्यसका सात वटा सकारात्मक पक्ष छन् भन्ने हामीलाई लाग्छ। साथै यो दलका सामु अब पाँच वटा मुख्य चुनौती छन् भन्ने पनि हामीलाई लाग्छ। यी उज्याला पाटा र चुनौतीबारे हामी यो सम्पादकीयमा सरसर्ती उल्लेख गर्नेछौं।
यही विषयमा सेतोपाटीका प्रधान सम्पादक अमित ढकाल र सिनियर रिपोर्टर मनोज सत्यालबीचको भिडिओ संवाद हेर्नुस्।