Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, माघ २८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

मेहन्दी

Nmb
Nmb

भानुभक्त

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Laxmi bank

Laxmi bank

Ncell

Ncell

उससँग दिनमा प्रायः दुईचोटि मेरो भेट हुन्थ्यो। बिहान योगा गर्दा टियुमा र अफिस जाँदाआउँदा बसमा।

महिना दिन भइसकेको थियो देखादेख भएको तर बोल्ने कुनै बहाना जुरेको थिएन।

बोल्ने बहाना नजुरेपनि सल्लाह गरेजसरी एउटै बसमा भेटिने संयोग भने परिरहन्थ्यो।

योगामा भेट्दा बसमा देखेको, बसमा देख्दा योगामा भेटेको साइनो लगाएर म मुस्कुराउँथे। तर ऊ जवाफ फर्काउँदिनथी।

अफिस आवरमा कीर्तिपुरका बसमा खुट्टो राख्ने ठाउँ पाउन मुस्किल हुन्छ। बसभित्रको कोचाकोचमा ऊ पनि कहिले उभिन्थी, कहिले निहुरिन्थी। बहाना बनाएर टाँसिन र छोइन खोज्नेहरूसँग आफ्ना संवेदनशील अंग जोगाउँदै।

म मुस्कुराउँदा जवाफ नर्फकाए पनि उसलाई कसैले बहाना बनाएर छोएको देख्दा मलाई असह्य हुन्थ्यो। ऊ मभन्दा पछि आई भने आफू बसेको सिट उसलाई छोडिदिन्थें। आफैं उभिनु परेको दिनको त के कुरा भयो र!

खुलामन्चमा पुगेर बस रोकिएपछि ऊ बागबजारतिर लाग्थी म आकाशे पुल हुँदै पुतलीसडकतिर हिँड्थें।

बाघभैरवमा मेरो डेरा थियो, उसको घर। साँझ नयाँबजार गेटमा झरेर हामी कहिलेकाहीँ सँगै उकालो लाग्थ्यौं, कहिले ऊ उकालो लाग्नुको साटो तेर्सो हिँडिदिन्थी– नयाँबजारतिर।

दिनदिनै भेट भएर पनि हामी अपरिचित थियौं, एक शब्द नबोले पनि हामी परिचित थियौं।

बर्खा लागेसँगै गर्ल्स होस्टेल तलतिरको खेतमा धानले पात फेरे। छेउको बागबनीमा फलफूलका बिरुवा र अलि परको चोभार डाँडोका सल्लाका रुखमा पनि नयाँ पालुवा पलाए।

साउन लागेपछि बसभित्र पनि भेटिन थाले, प्रकृतिसँग रङ मिसाएका महिलाहरू। कोही पूरै लुगा हरिया लगाएका कोही हातभरि मेहन्दी, नाडीभरि चुरा र गलामा हरियो पोते भिरेका अनि कोही एक हातमा एउटा मात्र भए पनि हरियो चुरा लगाएका। अनि कोहीकोही जसलाई पुस लागोस् कि साउन आवोस् मतलबै नभएका।

केहीदिनअघि बस चढ्दा उसको हातमा पनि देखें–हत्केलाभरि मेहन्दी र नाडीमा एउटा हरियो चुरा।

डण्डी समाएर उभिएकी उसको सर्टको बाहुला अलि तल सरेको थियो। उसको नाडीमा पनि मेहन्दी थियो, फुलबुट्टा होइन अक्षर कोरिएको। अंग्रेजीमा लेखिएको आई र यू मात्र देखें, ती दुईका बीचमा पानको पात थियो। तेस्रो शब्दको एउटा अक्षर मात्र पढ्न सकें–बी।

त्यो तेस्रो शब्द के होला? दिनभरि छटपटी भयो। सोचें– उसले नाडीमा लेखेको बीबाट त मेरो नाम पनि आउँछ। फेरि शंका लाग्यो– मुस्कुराउन पनि कन्जुस्याइँ गर्नेले नाडीमा कसरी लेखी होली र मेरो नाम?

दिनभरि हिम्मत जुटाएँ–आज त जसरी पनि सोध्छु।

साँझ मुटु दह्रो पारेर बस चढें। शुक्रबार भएर होला भीड थिएन, संयोगले उसको छेऊको सिट पनि खाली थियो। त्यति भए मलाई के चाहिन्थ्यो र?

सिटमा बस्दै उसलाई हेरेर मुस्कुराएँ। धन्य भगवान! जवाफमा ऊ पनि हाँसी र भनी– आज त खाली छ है बस।

खुसी छचल्किएला सोचेर मैले दुबै हातले बेस्सरी मुड्की कसें। कसिरहें।

बस सुन्धारा पुगेपछि उसैले हात दिई र भनी– रश्मी महर्जन।

मैले मुड्की खोलेर उसको हात समातें। एकछिन समाइराखेर भनें– भोजराज शर्मा। कत्रो समय लाग्यो है नाम भन्न पनि?

उसले केही बोलिनँ।

अघिदेखि समाइरहेको उसको हातको नाडी हेरें। सर्टको बाहुला पट्याएकी उसको हातको नाडीमा कोरिएका पुरै शब्द पढें– आइ लभ यू बा।

पढ्न त पढें तर त्यसको अर्थ बुझिनँ।

उसले हत्तपत्त पट्याएको बाहुला तलसम्म तानी र नाडी छोपेर टाँक लगाई। अनुहार अँध्यारो पारी।

त्यसपछि दुबैले केही बोल्न सकेनौं।

बस कीर्तिपुर पुग्दा झिमझिम पानी परिरहेको थियो। नयाँबजार गेटमा झरेर मैले झोलाले टाउको जोगाउन खोजें। उसले ब्यागबाट गुलाबी रङको छाता निकाली र भनी– किन भिज्छौ? आऊ छाता ओढेर जाऔं।

उकालो लाग्दा मैले प्रस्ताव राखे–हिलसाइडमा गएर एक कप कफी खाएर छुट्टिऊ, हुन्न?

उसले नाइँ भनिन।

मेरा लागि कफी खाने त बहाना थियो। त्यही बहानामा म जान्न चाहन्थेें–उसले किन कोरी मेहन्दीले नाडीमा ती शब्द?

मैले पहिला आफ्ना बारेमा सबै कुरा भनिदिएँ। ‘ल अब तिमी पनि भन आफ्नो बारे।’

‘कत्ति बाठो हो,’ ऊ हाँसी। त्यसपछि सुरु गरी आफ्नो कथा।

‘मेरी माले त कर गर्नुहुन्थ्यो रे– छोरी त भइहाली अब एउटा छोरा पनि चाहिन्छ,’ उसले कफी सुरुप्प पार्दै भनी, ‘तर बा कहिल्यै मान्नुभएन। किन चाहियो फेरि छोरो? जति धेरै मुख त्यति धेरै दुःख। हाम्रो छोरा पनि उही हो छोरी पनि उही। बरू छोरालाई दिने माया उसैलाई देऊ।’

मैले कफी खान छोडेर सोधें–अनि?

उसले भन्दै गई– बाका लागि छोरा पनि मै थिएँ, छोरी पनि मै। छोराछोरी मात्र  किन उहाँको त संसारै मेरो वरिपरि घुम्थ्यो। हरेक दिन बा मलाई पुर्याउन जानुहुन्थ्यो। पुष्पसदन स्कुलदेखि केएमसी कलेज पढ्दासम्म।

पोहोरदेखि म बैंकमा जागिर खान थालें। त्यसपछि त झन् सजिलो भयो। हामी बाबुछोरी बिहान सँगै जान्थ्यौं, बा असनको कस्मेटिक पसलमा, म बागबजारको अफिस। साँझ फेरि बाइकमा सँगै फर्कन्थ्यौं।

बा बेलाबेलामा जिस्कनुहुन्थ्यो– तिमीलाई अब स्कुटी किनिदिन्छु त्यही चलाऊ नभए अफिस पुर्याउने र साँझ घर ल्याउने एउटा घरज्वाइँ राख्छु।

म लाडे पल्टन्थें–स्कुटी पनि चलाउँदिन। घरज्वाइँलाई नि कुटेर खेदाइदिन्छु अनि तपाईँकै बाइक पछाडि बस्छु सधैँ।

‘हो र, किन त्यस्तो भनेकी त?’, मैले उसलाई बीचमै रोकेर प्वाक्क बोलें, ‘म थिएँ नि घरज्वाइँ बस्न पनि तयार स्कुटर चलाउन पनि जानेको।’

उसले मेरो कुरा हाँसोमा उडाइदिई। आफ्नै कुरा भनिरही।

२० वर्षकी भइसकेकी थिएँ तर बाका लागि म कहिल्यै ठूली भइन्। पहिला हामी बाबुछोरीमात्र थियौं पछि एकअर्काका साथी पनि भयौं।

मैले फेरि उसलाई बीचमै रोकेर विषयान्तर गरें– नेवारी कल्चरमा त मेहन्दी लगाउने चलन छैन नि है?

‘छैन’, उसले भनी–तर बालाई मेहन्दी लगाउन आउँथ्यो। मेरी मालाई मेहन्दी लगाउन कुनै रूची थिएन। बाले असनतिर अरुको देखेर सिकेको रे। बा हरेक साल मेहन्दी लगाउनुहुन्थ्यो  मेरा हातमा मात्रै।

हरेक वर्ष साउन १ गते घरमा मेरो हातमा मेहन्दी लगाएर सुरु हुन्थ्यो। हत्केलामा मेहन्दी लगाएर बा नाडीमा लेखिदिनुहुन्थ्यो– लभ यू छोरी।

पोहोर साल। साउनकै महिना म अफिसमा थिएँ। हातभरि बाले लगाइदिएको मेहन्दी थियो। नाडीमा एउटा हरियो चुरा र बाबाको लभ यू छोरी पनि।

एकदिन साँझतिर मोबाइलको घन्टी बज्यो। छिमेकी पसलको दाइले भनें– नानी, तिम्रो बालाई गाह्रो भएको छ। छिट्टै पसलमा आऊ।

म हतारिँदै बागबजारबाट असन गएँ। त्यतिन्जेल छिमेकी साहुजीहरुले बालाई एम्बुलेन्समा राखेर गंगालाल लगिसकेका रहेछन्।

टयाक्सी चढेर गंगालाल पुगें। आइसियूमा बाको मृत्युसँग संघर्ष चल्दै थियो। हर्ट अट्याकले केहीबेरमा बाको पूरै शरीर चिसो भयो।

यति भनेर ऊ रोकिई।

मेरो मुटु जम्लाजस्तो भयो। पुलुक्क उसको अनुहार हेरें। उसका परेली भिजेका थिए। रोक्न खोज्दाखोज्दै आँखाबाट दुई थोपा आँशु गालातिर बगे। तीमध्ये एउटा कफीको कपमा तप्प खस्यो। अर्को त्यही नाडीमा पर्यो, जहाँ उसले लेखेकी थिई– आई लभ यू बा।

मैले न्याप्किन पेपर तानेर उसलाई दिएँ। उसले सरी भन्दै भिजेका परेली पुछी।

एकछिन सम्हालिएर थपी– मैले सुनेको श्रीमानको आयू बढोस् भनेर महिलाहरूले साउनमा हत्केलामा मेहन्दी लाउँछन्। मेहन्दीको रङ जति गाढा बस्यो श्रीमान् आयू त्यति लम्बिन्छ रे। तर मैलै श्रीमानको आयू बढाउन होइन बाको याद गाढा बनाउन यो साल आफैं जानीनजानी मेहन्दी लगाएँ।

यति भनेर ऊ चुप लागी।

एकछिन मौनता छायो।

‘बा बितेपछि असनको पसल बेचिदियौं। त्यसपछि हरेक दिन म बस चढेर अफिस जान आउन थालें। कत्ति गाह्रो हुन्छ है बसमा सिट पाउन?’, मौनता चिर्दै उसले सोधी।

मैले हो को संकेतमा टाउको मात्र हल्लाएँ।

‘केटा मान्छेभन्दा हामी केटीमान्छेलाई त झन् अप्ठेरो हुन्छ’, उसले भनी।

फेरि पनि मैले टाउकोमात्र हल्लाएँ। उसको कुराले  मन भारी भयो।

बाँकी कफी त्यत्तिकै छोडेर हामी उठ्यौं।

भर्याङबाट झर्दा मैले उसको हात समाएर भने– बुझ्यौ, अब म मोटरसाइकल किन्छु। पैसा पुगेन भने घरबाट मगाउँछु।

ऊ मुसुक्क हाँसी।

बाहिर निस्कँदा पानी पर्न रोकिए पनि अँध्यारो गाढा भएको थियो। उसले छाता झोलामा राखी र घरतिर हिँडी म डेरातिर लागें।

अलि पर पुगिसकेकी ऊ फर्केर आई र सोधी–एउटा कुरा भनुँ?

‘के कुरा हो भन,’ म जिस्किएँ, ‘अहिले नै घरज्वाइँ बस्न त म जान्न है।’

उसले मेरो कानमा साउती गरी–घरबाट नमाग्नु, नपुगेको पैसा बरू म हाल्छु नि, हुन्न?

प्रकाशित मिति: शनिबार, साउन ७, २०७४  १५:५५
सिफारिस
इंग्ल्यान्डविरूद्धको खेल सकेपछि नेपालका समर्थकले गरे स्टेडियम सफाइ, मिडियामा वाहवाही
इंग्ल्यान्डविरूद्धको खेल सकेपछि नेपालका समर्थकले गरे स्टेडियम सफाइ, मिडियामा वाहवाही
अख्तियारको अधिकार काटौं, अनुसन्धान मात्र दिऊँ– राधेश्याम अधिकारी
अख्तियारको अधिकार काटौं, अनुसन्धान मात्र दिऊँ– राधेश्याम अधिकारी
रोहित पौडेलले भने- अस्ट्रेलिया, इंग्ल्यान्ड, भारतजस्ता टिमलाई कीर्तिपुर मैदानमा स्वागत छ
रोहित पौडेलले भने- अस्ट्रेलिया, इंग्ल्यान्ड, भारतजस्ता टिमलाई कीर्तिपुर मैदानमा स्वागत छ
भदौ २४ गते जलाइएको युलेन्स स्कुलका पूर्वाधार पूर्ण क्षमतामा सञ्चालन, नेतृत्व पनि परिवर्तन
भदौ २४ गते जलाइएको युलेन्स स्कुलका पूर्वाधार पूर्ण क्षमतामा सञ्चालन, नेतृत्व पनि परिवर्तन
पार्टीले समानुपातिक सूचीबाट नाम थुतेपछि कुकर बोकेर मैदानमा छिन् पूर्व माओवादी लडाकू
पार्टीले समानुपातिक सूचीबाट नाम थुतेपछि कुकर बोकेर मैदानमा छिन् पूर्व माओवादी लडाकू
अस्ट्रेलियामा तीन सन्तान हुर्काउँदै व्यवसाय गरिरहेकी सबिना
अस्ट्रेलियामा तीन सन्तान हुर्काउँदै व्यवसाय गरिरहेकी सबिना
जलाइएको पाँच महिनापछि सञ्चालनमा आयो कोटेश्वर भाटभटेनी, ३०० भन्दा बढीले पाए रोजगारी (भिडिओ)
जलाइएको पाँच महिनापछि सञ्चालनमा आयो कोटेश्वर भाटभटेनी, ३०० भन्दा बढीले पाए रोजगारी (भिडिओ)
कोही सेयर बजारमा धमाधम लगानी गर्दै, कोही डराएर बेच्दै!
कोही सेयर बजारमा धमाधम लगानी गर्दै, कोही डराएर बेच्दै!
जुन दिन सुनील थापाको निधन भयो, त्यसै दिन उनलाई चितामा जलाउने दृश्य सुटिङ हुँदै थियो
जुन दिन सुनील थापाको निधन भयो, त्यसै दिन उनलाई चितामा जलाउने दृश्य सुटिङ हुँदै थियो
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

मेरो देश!
अन्त्य नदेखिएको सम्बन्ध!
यो सडक कहिले बन्छ?
साँझ म यसो बहलिन डुल्छु!
देश परिवर्तनको चाहना!
नोट चल्ने भोट नचल्ने मेरो देश!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP