परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उनका श्रीमती सरस्वती ज्ञवाली अर्यालले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन्।
शुक्रबार मन्त्री ज्ञवालीले आफ्नो मृत्युपश्चात शरीरका केही अंग दान दिने घोषणा गरेका हुन्।
उनीसँगै श्रीमतीले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा अंग दान दिने मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरेका हुन्।
उनले मृत्युपश्चात मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानोआन्द्रा आवश्यक पर्नेलाई दान दिने निर्णय गरेका हुन्।
मन्त्री ज्ञवालीले ट्वीट गर्दै भनेका छन्,‘जिन्दगीको त के भरोसा छ र!जति दिन बाँचिन्छ, समाजमा थोरे भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागी अलिकति भए पनि काम लाग्न सकियोस् बस् यत्ति कामना छ।’