बर्दियास्थित बाँसगढी सव डिभिजन कार्यालयका सहायक वन अधिकृत अनिलकुमार गुप्ता १० हजार घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तालाई १० हजार घुस लिँदै गर्दा देउडाकलाबाट पक्राउ गरेको हो।
उनले उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरेवापत सेवाग्राहीसँग घुस रकम माग्ने गरेको सूचना तथा उजुरीको आधारमा नियन्त्रणमा लिइएको अख्तियार सम्पर्क कार्यालय बुटवलले जनाएको छ।